एमाले जोगाउने राष्ट्रपतिको रहर कि बाध्यता ?
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार १५:५:३४
२२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विभाजन हुन लागेको भन्दै त्यसलाई रोक्न पहल थालेकी छिन् । पार्टीका वरिष्ठ नेता एवं पूर्व पार्टी अध्यक्ष समेत रहेका झलनाथ खनालको घरमा पुगेर पार्टी एकता कायम राख्न र त्यसका लागि पहल गर्न आग्रह गरेकी छिन् । विगतमा पनि नेकपा विभाजन रोक्न पहल थालेकी राष्ट्रपति भण्डारीको त्यो पहल असफल भएको थियो ।
वरिष्ठ नेता खनालसँग उनले पार्टी विभाजनलाई रोक्न आग्रह गरेकी हुन् । शनिवार दिउसो इतिहासकार महेशराज पन्तको घर पुगेकी राष्ट्रपति भण्डारी खनाललाई पनि भेट्न निवास गएकी थिइन । उनले पार्टी एकता काय राख्न र कम्युनिष्ट आन्दोलन एकताबद्ध भएर अघि बढेको हेर्न चाहेको बतएकी थिइन । उनले एमाले विभाजन हुन नदिनेगरी पहलकद्मी शुरु गर्न समेत खनाललाई आग्रह गरेकी थिइन ।
प्रधानमन्त्री केपी ओलीले माधव नेपाल भीम रावल, घनश्याम भूषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि फूटको संघारमा उभिएको एमाले बचाउन राष्ट्रपतिले पहलकद्मी लिन थालेकी हुन् । उनले शनिवार खनाललाई डल्लु पुगेर एमाले बचाउन आग्रह गरेकी हुन् । उनीहरुबीच ४८ मिनेट कुराकानी भएको गरेकी थिइन । शनिबार दिउँसो राष्ट्रपति भण्डारी खनाललाई भेट्न उनको निवास डल्लु पुगेकी थिइन् । खनाल निवासमा राष्टपति ४८ मिनेटसम्म कुराकानी भएको थियो ।
डल्लुमा इतिहासविद् महेश राज पन्तले आफ्नै घरमा स्थापना गरेको पुस्तकालय हेर्न भनेर गएकी राष्ट्रपति भण्डारी त्यही बहानामा खनाल निवास पनि पुगेकी थिइन । राष्ट्रपति भण्डारीको साथमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि खनाल निवास गएका थिए ।
भण्डारीले विभाजनको संघारमा रहेको नेकपा एमालेको विषयमा चासो राखेकी थिइन । ‘पाटी फुटतर्फ उन्मुख रहेको र फुटको अवस्थामा पुगेको एमालेलाई एकतावद्ध बनाएर अगाडि बढाउनका लागि पहल गर्न भण्डारीले आग्रह गर्नु भयो उहाँले मेरो स्वास्थ्यको बारेमा सोध्न भयो मैले मेरो स्वास्थ्य भन्दा पनि पार्टी र मुलुुकको राजनीतिक स्वास्थ्य अवस्था विग्रेकोमा चिन्ता लागेको बताए’, वरिष्ठ नेता खनालले भने ‘उहाँलाई पार्टीभित्रको समस्याको बारेमा चासो राख्नु भयो यसलाई मिलाएर जानुपर्छ पहल गर्नुस भन्नुभयो ।’ पार्टी एकतावद्ध भएर जाहोस् भन्ने उहाँको चाहाना रहेको पनि खनालले बताए ।
राष्ट्रपतिले खनालको स्वास्थ्यप्रति पनि चासो राखेकी थिइन । सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी एमालेबाटै राष्ट्रपति भएका कारण पार्टी विभाजन हुनु उनका लागि सुखद पक्ष नभएकाले विभाजन रोक्न सक्रिय भएको स्रोतको दावी छ ।
सामान्यतया राष्ट्रपति कुनै नेतालाई भेट्न जानु शिष्टाचारबाहिरको विषय हो । खनालले पार्टी एकता जोगाउन एमाले अध्यक्ष ओलीकै भूमिका रहने पार्टीभित्र मिलाएर लैजाने दायित्व ओलीकै भएको बताएका थिए । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफू निकटका केन्द्रीय सदस्यहरुलाई बोलाएर विधान संशोधन तथा केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो ।
फागुन २८को निर्णय सच्याउन आग्रह गर्दा नेपाल समूहका नेताहरुलाई ओलीले ६ महिनाका लागि निलम्बन गरेका थिए । त्यसपछि नेपाल–खनाल पक्षले देशव्यापी रुपमा समानान्तर पार्टी पुर्नगठनको तयारी गर्नुका साथै चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना समेत गरेको थियो । सो भेला गरेपछि एमाले अध्यक्ष ओलीले नेपालसहिच चार नेतालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार