चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार १५:५५:१८
२२ चैत,डोटी । जिल्लाका दुईवटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले स्थानीय तहले वितरण गर्ने प्रावधानअनुसार परिचयपत्र वितरण कार्य शुरु गरिए पनि चिकित्सक नहुँदा वितरणमा समस्या हुँदै आएको कर्मचारीको गुनासो छ । जिल्लाको शिखर नगरपालिका तथा बोगटान फुड्सिल गाउँपालिकाले अहिलेसम्म चिकित्सक राख्न नसकेका कारण त्यहाँका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र पाउन सकस हुँदै आएको बताइएको छ ।
अपाङ्गता परिचयपत्र वितरण गर्न मेडिकल रिपोर्टमा एमबिबीएस चिकित्सकले प्रमाणित गरेको हुनुपर्ने प्रावधान भए पनि यहाँका अधिकांश स्थानीय तहमा चिकित्सक तथा मेडिकल अधिकृत नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको जोरायल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवा बताउछन् । उनले भने, “महिला विकास कार्यालयले विगतमा वितरण गर्दै आएको अपाङ्गता परिचयपत्र वितरणको जिम्मा स्थानीय तहलाई दिइएको छ, कतिपय स्थानीय तहमा चिकित्सक नै छैनन्, चिकित्सकले प्रमाणित नगर्दा कसरी परिचयपत्र दिने हामीलाई पनि समस्या भयो ।” एबिबीएस चिकित्सक राखिएका यहाँका कतिपय स्थानीय तहमा चिकित्सकको योग्यता, क्षमताअनुसारका उपकरण नभएका कारण उनीहरु नै स्थानीय तहमा बस्न नरुचाउने गरेको स्थानीयवासी बताउँछन् ।
स्थानीय तहमा पछिल्लो समय जिल्ला बाहिरबाट मेडिकल अधिकृत झिकाएर अपाङ्गता भएका व्यक्तिलाई प्रमाणित गरी परिचयपत्र वितरण गर्नुपर्ने अवस्था सिर्जना हुँदै आएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले गुनासो गरिन् । उनले भनीन्, “अपाङ्गता परिचयपत्रका लागि निवेदन दर्ता हुने गरेका छन्, हामीसँग मेडिकल अधिकृत नभएका कारण जिल्ला सदरमुकाम तथा बाहिरबाट झिकाएर प्रमाणित गर्नुपरेको छ, गाह्रो भइरहेको छ ।” दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा दिपायल सिलगढी, केआइसिंह, जोरायल, आदर्श, सायल, पूर्वीचौकी तथा बडिकेदारमा मात्रै चिकित्सक राखिएको छ भने शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकामा अहिलेसम्म चिकित्सक नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको बताइएको छ ।
आफ्नो नगरपालिकामा चिकित्सक नभएका कारण अपाङ्गता परिचयपत्रका लागि आउने गरेका निवेदकलाई जिल्ला अस्पतालका चिकित्सकबाट अपाङ्गता भएको बारेमा प्रमाणित पत्र लिएर आउने सल्लाह दिने गरेको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए । उनले भने, “हामीसँग चिकित्सक पनि छैनन्, भवन पनि नभएकाले राख्न सकेका छैनौँ, अपाङ्गता परिचयपत्र माग्न आएकालाई जिल्ला अस्पतालबाट प्रमाणित पत्र ल्याउन आग्रह गर्ने गरेका छौँ ।”
स्थानीय तहले अपाङ्गता परिचयपत्र वितरणको जिम्मेवारी पाएपछि चिकित्सक नभएका कारण गाउँमै अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउन निकै कठिन भएको अपाङ्ग सेवा सङ्घ डोटीकी सीता रायमाझीको गुनासो छ । उनले भनीन्, “जब स्थानीय तहमा चिकित्सक नै छैनन् भने ती स्थानीय तहले अपाङ्गता परिचयपत्रका लागि जिम्मा किन लिनु, अपाङ्गता भएका व्यक्तिलाई दुःख दिनेबाहेक अरु केही काम होइन ।” अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरणमा सहज गर्नसमेत उनले सबैमा आग्रह गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतसँग जोडिएको सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द
बैशाख ५, २०८१ बुधबार
सुदूरपश्चिमा एमालेले मन नपराएका सोडरीलाई नै मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय
बैशाख ५, २०८१ बुधबार
नाउपाको मुखबाट खोसेर माधव नेपाललाई दिए पनि सुदूरको मुख्यमन्त्रीमा अझै किचलो
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार