बङलादेशमा आउँदो सोमवारदेखि लकडाउन गरिने
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार १६:३:४८
२२ चैत, एजेन्सी । बङलादेश बढ्दो कोरोना भाइरस संक्रमण रोक्ने उद्देश्यका साथ आउँदो सोमवारदेखि एक साता लामो देशव्यापी लकडाउन गरिने भएको छ । बीबीसी समाचारका अनुसार लकडाउन अवधिभर त्यहा रहेका सबै सरकारी कार्यालय तथा अदालतहरू बन्द रहने जनाइएको छ । तर प्रवासी मजदूरहरूको आफ्नो गाउँघरतर्फको आवतजावत रोक्न औद्योगिक गतिविधिहरू जारी राखिने छन्।
गत वर्ष पनि कोभिडका कारण बङलादेशमा करिब तीन महिना लकडाउन गरिएको थियो।समाचारमा जनाइए अनुसार शुक्रवार बङलादेशमा एकैदिन ६ हजार ८सय जना कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।
सो सङ्ख्या महामारी सुरु भएयताकै सर्वाधिक दैनिक सङ्ख्या समाचारमा जनाइएको छ । यसरी कोरोना संक्रमण वृद्धिले खासगरी राजधानी ढाकाका अस्पतालहरू चर्को दबाबमा परेका छन्। बङलादेशमा कोरोना भाइरसका कारण नौ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ। छिमेकी भारतमा पनि लगातार तेज गतिमा कोरोना संक्रमण फैलिरहेको छ।
संक्रमण फेरि बढ्न थालेको केही साताभित्रै त्यहाँ एकैदिन झन्डै ९० हजार संक्रमित भएका छन्। हालसम्म भारतमा कोरोनाका कारण एक करोड २३ लाख मानिस सङ्क्रमित भइसकेका छन् भने एक लाख ६४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ।
त्यहाँ हाल सबभन्दा धेरै संक्रमण महाराष्ट्र राज्यमा देखापरेको छ। सो राज्यका मुख्यमन्त्रीले संक्रमण नघटेमा लकडाउन लगाउने सम्भावन अस्वीकार गर्न नसकिने चेतावनी दिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार
बैशाख १३, २०८१ बिहिबार