‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार १६:६:१२
२२ चैत,बलेवा । “सानो छँदा हजुरबाले राँगा, बोका र कुखुरालगायत पञ्चबलि लिएर धुमधामका साथ कोट पुगेको अहिले पनि याद आउँछ । बाबै रगतको खोलो बग्ने कोटमा म त एकछिन बिताउन सकिनँ, भागेर घर आएँ”, बाग्लुङको काठेखोला गाउँपालिका–६ बिहुँका डिलप्रसाद कँडेलले बालापन सम्झँदै भने, “कोटमा हुने पू्जामा गाउँभरिकाले बलि चढाउँथे, कोटघरको वरपर रक्ताम्मे हुन्थ्यो ।”
कँडेललाई जानकारी भएअनुसार बिहुँकोटमा बलि चढ्न थालेको २०० वर्ष भयो । बिहुँकोटे राजाले दुई श्रीमती बिहे गरेको र दुई घरबार भएकाले बिहुँमा दुईवटा कोट छन् । तल्लो र उपल्लो कोटले चिनिने दुवै कोटमा बलि चढ्छ । अन्य शिवालय र मन्दिरमा भने बलि चढ्दैन । “पहिला यस्तो थिएन रे, पछि बलि प्रथाको शुरुआत भयो, दुवै कोटमा बलि चढाउनैपर्ने नियम बनाएका भन्ने सुनेका छौँ”, बिहुँका पुराना शिक्षक शिवलाल कँडेलले भने, “अहिलेसम्म पनि मङ्गलबार र बिहीबार बलि चढाउन आउनेहरू धेरै हुन्छन् ।”
शिवलाल र डिलप्रसादले कोटमा देखेको रगतको खोलो अबको पुस्ताले देख्नुपर्ने छैन । न त रगतको पोखरी देखेर कोटमा पुग्नेहरू बेहोस नै हुनुपरोस् । पशुबलि दिएर मानिसको महत्वकाङ्क्षा पूरा हुने अन्धविश्वास तोड्न अहिले बिहुँमा ‘बलिप्रथा’ अन्त्यको प्रयास थालिएको छ । बिहुँमा रहेका दुवै कोटमा चैतको १ गतेदेखि पशुबलि नचढाउन वडा कार्यालयले निषेध गरेको छ । स्थानीयवासीलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएर वडा कार्यालयले पशुबलि नचढाउन आग्रह गरेको छ ।
“पशुबलि चढाएर कसैले मागेको पुग्दैन, यो अमानवीय व्यवहारको अन्त्य गर्ने प्रयास थालेका छौँ” वडाध्यक्ष युक्तप्रसाद कँडेलले भने, “सार्वजनिक सूचना गरेर जानकारी गराइएको छ, अब कसैले नियम तोडे कारवाही हुन्छ ।” स्थानीय बुद्धिजीवी, समाजसेवी र ५ नं वडा कार्यालयसँगको परामर्शका आधारमा ‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान थालिएको कँडेलले बताए ।
“मासु खाने वा नखाने व्यक्तिगत रुचि र चाहनाको कुरा हो तर धर्मका नाममा निर्दोष पशुको बलि चढाएर रगतको खोला बगाउनु राम्रो होइन”, उनले भने, “हामीले दिएको बलिले भगवान् खुशी हुँदैनन्, यो त हिंसा पो हो त ।” चाडपर्वका समयमा कोटघरमा दिइने बलिले हिन्दू सभ्यतालाई नै गिज्याइरहेको कँडेल बताउछन् ।
“सञ्चारमाध्यामबाट पनि सूचना गर्दैछौँ”, चेतनाको अभावमा भइरहेको कमजोरी सबैले सच्याउनुहुन्छ भन्ने लागेको छ”, कँडेलले भने, “हामी पशुबलि मुक्त वडाको नागरिक भएर बाच्ने छौँ ।” धार्मिक सम्पदाको संरक्षण र सभ्य समाजको निर्माणका लागि यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।
वडाले गरेको निर्णयमा स्थानीय खुशी छन् । “धर्म नै छोड भनेको होइन, कमीकमजोरी सच्याउभन्दा किन चित्त दुखाउनु” पूर्वशिक्षक शिवलाल भन्छन्, “यसले हाम्रो धर्म संरक्षणमा थप सहयोग गर्छ ।” धार्मिक सम्पदाको संरक्षण र प्रचारप्रसारका लागि लगानी गरिरहेको वडाले धर्मको नाममा हुने गतिविधिमा सुधार ल्याउने प्रयास थालेको वडाध्यक्ष कँडेल बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार