अबको रणनीति पुर्वाधार विकास र युवा स्वरोजगार :– डा. शेखर
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार १६:३३:२३
विश्व श्रम बजारमा देखिएको उतार चढाव र बर्षेनी फैलिने गरेको महामारी जन्य रोगहरुको प्रकोबाट नेपालीहरुका लागि अन्तराष्ट्रिय श्रम बजार चुनौतिपूर्ण बन्दै गैरहेको छ ।
यसले भावी दिनमा नेपाली श्रम विश्व बजारमा बेच्न समस्या हुने देखिएको छ । विश्व श्रम बजारको अवस्थाबाट चिन्तित बन्नु भएका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले अब नेपालमै शैक्षिक जनशक्ति खपत हुने खालका योजनामा नेपाली कांग्रेसले ध्यान दिनु पर्ने बेला आएको बताएका छन् ।
देशमा बेरोजगार जनसंख्या बढदै जानु देश विकासको लागि समस्या हुने र नागरिक आफैमा नैराश्यताको अवस्थाबाट गुज्रिनु पर्ने अवस्थाबाट बाहिर ल्याउन देश भित्रै अत्यधिक मात्रामा रोजगार श्रृजना गर्नु आजको अपरिहार्य आवश्यकता रहेको बताउँदै कांग्रेस नेता डा. शेखरले आफ्नो एकमात्र लक्ष र उद्देश्य नै नेपालमै शैक्षिक युवा जनशक्तिलाई रोजगार बनाउने खालका योजना निर्माण गर्ने तर्फ आफुले ध्यान दिन चाहेको बताएका छन् ।
विकासका योजनामा स्थानीय जनताको अपनत्व कायम गराउन अब लागू हुने विकास आयोजनामा स्थानीय ठेकेदार र स्थानीय कामदारको अवधारणा अघि सार्न आफुले चाहेको समेत स्पष्ट पारेका छन् । स्थानीय जनताले चिन्दै नचिनेको ठेकेदार र चिन्दै नचिनेका कामदार भएकै कारण विकास निर्माणका आयोजनामा स्थानीय नागरिकहरुको चासो कम दुँदै गएको र ठेकेदारहरुको मनोमानी बढदै गएको कुरा समेत आफुलाई प्राप्त हुने गरेको बताउँदै उनले अब त्यो परिपार्टीलाई अन्त्य गरिने प्रतिबद्धता समेत जनाएका छन् ।
विकास र जनता सँगसँगै भए मात्रै बास्तवमा सरकारी योजनाहरु फलदायी हुने तर्फ ईंगित गर्दै जनतासँग सम्बन्ध नराख्ने र ठेकेदारको कमाई मात्रै गरिदिने खालका महत्वकांक्षी आयोजना भन्दा स्थानीय जनताको पहिला प्राथमिकतामा रहेका जनताको चाहना, अपेक्षा र आवश्यकता अनुरुपको योजनालाई प्राथमिकता दिईने कुरामा समेत जोड दिएका छन् ।
देशमा बर्षेनी लाखौं शैक्षिक बेरोजगारहरुको उत्पादन भैरहेको र स्वदेशमा रोजगारीको कुनै बातावरण बन्न नसकेका कारण बाध्य भई विदेशी श्रम बजारमा न्यूनतम पारिश्रमिका बेचिन जानु परेको बाध्यात्मक अवस्था प्रति चिन्ता ब्यक्त गर्दै कांग्रेसका भावी सभापतिका दाबेदार डा. शेखरले भनेका छन्, नेपालमै रोजगार तथा स्वरोजगार बन्ने थुप्रै संभावनाहरु रहेको र देशको शैक्षिक जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण सृजना गर्न सकिने थुपैं संभावनाहरु रहेकोले त्यसको वातावरण बनाउने संकल्प समेत गरेका छन् ।
प्रतिबर्ष कम्तीमा ४ लाख युवाहरुलाई प्रत्यक्ष र परोक्ष रुपमा रोजगार प्रदान गरेको तथ्यांकगत डाटा सहितको प्रतिवेदन सरकारलाई बुझाउनै पर्ने बाध्यात्मक शर्त राखिने र यसले ५ बर्षको दौरानमा स्वदेशमै २० लाख युवाहरुलाई रोगजारी र स्वरोजगारीको अवसर प्रदान गरेर नेपालबाट बिदेश जाने नागरिकहरुको संख्या घटाउँदै लैजाने बताएका छन् ।
नेपाली कांग्रेसका जनजनका ढुकढुकी डा. शेखरले भनेका छन्, देशमा राष्ट्रिय योजना आयोग छ । तर, नागरिकलाई संलग्न गरी रोजगार प्रदान गर्ने खालका कुनै पनि योजना नै बनाउदैन भन्दै अब राष्ट्रिय योजना आयोगलाई राजनैतिक भागवण्डाको अखडा र नेताका सिफारिसमा योजना बितरण गर्ने केन्द्रका रुपमा हैन प्राबिधिकहरुको योजना निर्माण गर्ने थलोको रुपमा विकास गर्ने र युवाहरुलाई बढी भन्दा बढी रोजगारी दिने कार्यक्रम बनाउने केन्द्रको रुपमा क्रियाशिल बनाईने छ ।
डा. शेखरको एक पछिका अर्का योजनाहरु र त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट कार्यदिशा हेर्दा उनमा देश विकासको महान अभियानमा महामानव विश्वेश्वर प्रसाद कोइराला झै दृढ आत्मविश्वास अनि देश र जनताको दुःखमा कसरी मल्हम लगाउन सकिन्छ ? भनेर अत्यन्तै चिन्तित भएको देख्न सकिन्छ । देशको श्रमशक्ति जति विदेश पलायन भए पछि के का आधारमा देश विकासको सपना देख्नु ? भन्दै उनले अब युवालाई स्वदेशमै रोक्न सक्ने वातावरण बनाउन आफु लागि पर्ने समेत बताएका छन् ।
अब बन्ने राष्ट्रिय योजना आयोगले प्रतिबर्ष कम्तीमा ४ लाख युवाहरुलाई प्रत्यक्ष र परोक्ष रुपमा रोजगार प्रदान गरेको तथ्यांकगत डाटा सहितको प्रतिवेदन सरकारलाई बुझाउनै पर्ने बाध्यात्मक शर्त राखिने र यसले ५ बर्षको दौरानमा स्वदेशमै २० लाख युवाहरुलाई रोगजारी र स्वरोजगारीको अवसर प्रदान गरेर नेपालबाट बिदेश जाने नागरिकहरुको संख्या घटाउँदै लैजाने बताएका छन् ।
विदेशमा पलायन भएको नेपाली सीप र नेपाली जनशक्ति दुबैलाई पुनः नेपाल फर्काउने वातावरण सृजना गर्दै देशमा उत्पादित शैक्षिक जनशक्तिलाई पनि स्वदेशमै सम्मानजनक रोजगारको वातावरण मिलाउने डा. शेखरलका आफ्ना महत्वकाक्षी योजना समेत सुन्दा लाग्छ देशले यस्तो होनहार नेतृत्वको शिघ्र प्रतिक्षा गरिरहेको छ । यस्तो भिजन र मिसन भएको व्यक्तिको हातमा नेपाली कांग्रेस जान सक्यो भने पक्कै पनि देशले काँचुली फेर्नमा कुनै लामो समय नै लाग्दैन भन्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
उनले देश विकासको अत्यन्तै प्रभावकारी संयन्त्र भनेकै सबल, आवश्यकतामा आधारित र समयमै पुरा गराउन सकिने योजना निर्माण र कार्यान्वयन नै हो भन्दै योजना बनाउन सान्दाजु आफै राष्ट्रिय योजना आयोगमा जाने गरेको स्मरण समेत गरेका छन् । नेपाली कांग्रेसका एकमात्र आशा लाग्दा नेता कोइरालाले देश विकासका योजना बनाउन र कार्यान्वयन गर्न नेतृत्व तहको जति बढी सकृयता रहन्छ त्यति नै बढी कार्यकर्ता तह परिचालित हुने र जति बढी युवाहरुलाई कुनै न कुनै रोजगारको अवसर प्रदान गर्न सक्यो त्यति नै सामाजिक विकृतिहरु कम हुँदै मुलुकको द्रुततर विकास हुने कुरामा आफु विश्वस्त भएको बताएका छन् ।
उनले सरकारका मन्त्री, सचिव, विभागिय प्रमूख लगायतका सरकारी संयन्त्र कम्तिमा पनि महिनामा एक पटक योजना स्थलमा पुग्नै पर्ने बाध्यकारी नियम बनाएर सरकारका योजनाहरुको स्थलगत अनुगमन, पृष्ठपोषण, समयमै योजना पुरा गराउन दवाव तथा योजना निर्माणका क्रममा आईपरेका समस्याको तत्काल समाधानका उपायहरुको खोजी गर्न सक्ने संयन्त्र बनाउने आप्mनो योजना रहेको समेत बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब चिनी तीतो हुन्छ: डा. अरुणा उप्रेती
चैत १२, २०८० सोमबार
अर्थतन्त्र दलाल र कमिसनखोरको चंगुलमा, अर्थमन्त्री खर्च गर्ने क्षमताको खोजीमा
चैत ९, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार