चिनियाँ नागरिकमाथि लुटपाट गर्ने चार पक्राउ
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार १६:३२:१
२२ चैत,काठमाडौं । प्रहरीले चिनियाँ नागरिकको डेरामा लुटपाट गर्ने चार जनालाई शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा-६ शिवचोकबाट २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, गोकर्णेश्वर नगरपालिका(३ गोकर्णबाट २८ को बुद्ध तामाङ र २८ वर्षीय रोशन लामा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले चिनियाँ नागरिक जाओमेनको डेरामा सोमबार राति सवा नौ बजे लुटपाट गरेका थिए। मुकुन्डो लगाएर कोठाभित्र प्रवेश गरेका उनीहरुले भित्र प्रवेश गरी चिनियाँ नागरिक जाओमेन, उनकी श्रीमती अञ्जली तामाङ, सालाहरू प्रवेश तामाङ र पासाङ तामाङलाई धारिलो हतियार देखाएर नियन्त्रणमा लिएका थिए।
पीडितले दिएको उजुरी अनुसार उनीहरूले २० लाख नगद, २८ हजार ६ सय ८० रुपैयाँ बराबरको एउटा सुनको तिलहरी, दुइटा सुनको औंठी, दुइटा सुनको सानो बाला र एउटा ठूलो बाला लुटेका थिए।
पक्राउ परेकाबाट प्रहरीले ७ लाख ९२ हजार ५ सय रुपैयाँ, ६ हजार १ सय ७० युआन, एउटा तिलहरी, दुइटा सुनको बाला, कानमा लगाउने रिङ, सुनको औंठी र ठूलो सुनको बाला बरामद गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ
चैत १३, २०८० मंगलबार
गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिक पक्राउ
चैत १३, २०८० मंगलबार
ढोलाहिटी हत्या आरोपमा पक्राउ परेकाविरुद्ध मुद्दा चलाइँदै
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार