शुक्रबार , बैसाख १०, २०७८

बर्दियामा पाटेबाघमा स्याटेलाइट कलर जडान

बर्दियामा पाटेबाघमा स्याटेलाइट कलर जडान

२२ चैत, बर्दिया । बर्दियामा पाटेबाघमा स्याटेलाइट कलर जडान गरिएकाे छ । चहलपहल बढेपछि आनीबानी र आवागमन पहिचान गर्न बाँके, बर्दिया र पर्सा निकुञ्जका गरेर थप चारवटा बाघमा स्याटेलाइट रेडियो कलर जडान गरिने भएको  हाे ।

बर्दिया राष्ट्रिय निकुञ्जले गत चैत १६ गते पूर्व–पश्चिम राजमार्गस्थित कौवाभारमा पाँच वर्षको बाघलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियो कलर जडान गरेर छाडेको छ । मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय निकुञ्ज विभागले बर्दिया, बाँके, चितवन र पर्साको कम्प्लेक्समा ६ वटा बाघको अध्ययन गर्ने अनुमति पाएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पहिलो चरणमा बर्दियामा पाटेबाघमा स्याटेलाइट कलर जडान गरिएको निकुञ्जले जनाएको छ । पर्सा निकुञ्जमा एक महिनाअघि प्राविधिक टोलीले एउटा बाघलाई स्याटेलाइट कलर जडान गरिसकेको छ । अब चितवन र बाँकेमा एकरएक, बर्दियामा दुईवटा बाघमा रेडियो कलर जडान हुनेछ । बाँके र बर्दिया निकुञ्जका थप तीनवटा बाघमा स्याटेलाइट रेडियो कलर जडान गरिएकाे छ ।

कलर जडान गरिएका बाघको अध्ययन भइरहेकाले व्यवहारका आधारमा विचरण क्षेत्र, आहारा जुटाउने तरिका र राजमार्गमा कसरी आउजाउ गर्छ भन्ने थाहा हुने छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्सा, बाँके, चितवन र बर्दिया निकुञ्जमा सडक संरचना कस्तो बनाउने, मान्छेमाथि हुने आक्रमणका घटना कसरी रोक्नेलगायत विषयमा तय गर्न अध्ययनले सघाउने छ । बाघ कति आक्रामक छ, मानिसलाई कसरी आक्रमण गर्छ भन्ने विषयमा अध्ययन भएपछि यसैका आधारमा निकुञ्जले प्रतिवेदन सरकारलाई बुझाउनेछ ।

बर्दिया निकुञ्जमा यो मौसममा धेरैतिर बाघ देखिन थालेका छन् । राजमार्गमा बाघका आनीबानी अध्ययन थालिए पनि मध्यवर्ती क्षेत्रमा भने केही पछि गरिने निकुञ्जले जनाएको छ । सन् २०१८ को गणनाअनुसार बर्दियामा ८७ वटा बाघ रहेकामा अहिले बढेर १ सय २५ पुगेको अनुमान छ । दुई वर्षको अवधिमा बाघको आक्रमणबाट बर्दियामा १७ र बाँके निकुञ्जमा दुई गरी १९ जना मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय