बुधबार , बैसाख ८, २०७८

फेरि अलमलियो सरकार गठन प्रक्रिया

फेरि अलमलियो सरकार गठन प्रक्रिया

२२ चैत, काठमाडौं । शुक्रबार साँझ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि अग्रसरता लिने निर्णय लिएपछि नेकपा माओवादी केन्द्र उत्साहित भएको छ ।

पार्टी कामको सिलसिलामा राजधानी बाहिर रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहानै राजधानी फर्किए । उनले अब राजनीतिले कोल्टे फेरेको टिप्पणी गरेका थिए । सोही बमोजिम उनले कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग अनौपचारिक छलफल गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

छलफल सकारात्मक रहेको भन्दै आजका लागि स्थायी कमिटी बैठक पनि डाकियो । तर आज बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक बसेन । कारण, धेरै नेता राजधानी बाहिर भएकाले भनियो । तर धेरै नेता यहीं छन् ।

आज बिहान प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भयो । सो वार्ता भने नयाँ परिवेश निर्माणका लागि सहयोगी बन्यो । जनता समाजवादी पार्टीसँग निर्णायक वार्ता नभइञ्जेल ओली सरकारमाथिको समर्थन फिर्ता लिंदा अर्काे संकट आइलाग्ने निश्कर्ष नेताद्वयले निकाले ।

dahal nepal

यसको छनक हिजै प्रधानमन्त्री ओलीले दिइसकेका थिए । ओलीले माओवादीलाई समर्थन फिर्ता लिन चुनौती दिएका छन् । उनले भनेका छन्– समर्थन फिर्ता लिए , राजीनामा दिन्छु । तर उनको यो अभिव्यक्ति भित्र कुटिलता लुकेको छ । किनभने माओवादीले समर्थन फिर्ता लिने वित्तिकै राजनीतिले नयाँ कोर्ष लिने देखिन्छ ।

प्रचण्ड र माधव नेपालले गरेको अनुमान गलत छैन । किनभने ओलीले चाहेको पनि त्यही हो । कसैले पनि नयाँ सरकार गठन गर्न नसकुन् भन्ने उनको चाहना हो । सरकार बनाउन निर्णायक भूमिकामा रहेको जसपाले ठोस निर्णय नलिएसम्म नयाँ सरकार बन्न सक्दैन । बरु यसका लागि ओली जस्तो सुकै सम्झौता गर्न तयार छन् ।

ओलीले भित्रभित्रै गरेको समझदारी अनुसार, जसपाले उठाएका सबै माग पूरा गर्ने हो । त्यस वापत जसपाले सरकारका विषयमा तटस्थता देखाउनुपर्नेछ । ओलीको सर्त बमोजिम मान्न महन्थ ठाकुर तयार देखिएकाछन् । सम्भवतः आज भोलि नै सरकारले रेशम चौधरीको रिहाई र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्ने छ । त्यो गुण लगाए वापत ठाकुर र राजेन्द्र महतोहरु ओलीविरुद्धको सम्भावित अविश्वास प्रस्तावमा तटस्थ बस्ने छन् । यस्तो अवस्थामा फेरि पनि चुनाव मात्रै विकल्पका रुपमा रहनेछ । यसबारे प्रचण्ड र नेपालले जानकारी पाएपछि आजको समर्थन फिर्ता लिने निर्णय फेरि लम्बिएको हो ।

jasapa

ओलीको यो चाहनामा नेपाली कांग्रेसको संस्थापन पक्षसमेतको समर्थन रहेको छ । पार्टीले औपचारिक रुपमा नयाँ सरकार निर्माणको निर्णय गरेपनि सभापति शेरबहादुर देउवा भने भित्रैबाट तयार छैनन् । उनी चाहन्छन्–जसरी ०७४ को आम निर्वाचनमा दुई ठूला कम्युनिष्ट मिलेर कांग्रेसलाई धूलो चटाए, ठीक त्यही अवस्थामा ओलीले नयाँ चुनाव गरुन् ।

त्यसको राजनीतिक लाभ आफूलाई हुने उनको बुझाई रहेकोछ । तत्काल चुनाव हँदा मात्रै त्यस्तो सम्भावना रहेको छ । जति लामो समय चुनाव रोकिन्छ,त्यति नै कांग्रेसलाई क्षति पुग्न सक्ने अनुमान देउवाको रहेको छ । त्यसैले ओलीले चुनाव गराउन भन्ने चाहना देउवाको रहेको छ ।

देउवाको चाहनामा शुक्रबारको निर्णय कांग्रेसले लिएको होइन । त्यसैले दिउँसो २ बजेका लागि बोलाइएको कार्यसमिति बैठक यही विषयमा गलफत्ती परेकाले राति ८ बजे मात्रै बस्यो । सरकारको राजीनामा माग्ने र आफ्नै अग्रसरतामा नयाँ सरकार निर्माणको पहल गर्ने निर्णय गराउन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले धेरै नै मिहेनेत गरेका थिए ।

Sher bd deuwa

स्रोतका अनुमार , पौडेल र सिटौला पक्षले पहिलो अजेण्डाका रुपमा नयाँ सरकारको विषय प्रवेश गराउने थाहा पाएपछि देउवा विच्किएका थिए । तर वरिष्ठ नेता पौडेलले उपसभापति विमलेन्द्र निधिमार्फत देउवालाई नयाँ सरकार बनाउन पहल गर्ने सहमति जुटाएका हुन् ।

खासगरी जसपाले समर्थन नगर्ने र बेबकूफ बनाउने अनुमान देउवाको रहेको छ । कांग्रेसले जसपाको सिंगो समर्थन नपाएसम्म सत्तामा जाने कुरा गर्दा आलोकाँचो हुने बताउने गरेको छ । तर नेता पौडेलले राजेन्द्र महतो र महन्थ ठाकुरलाई आफैं कन्भिन्स गर्ने वचन दिएपछि मात्र देउवा यस्तो निर्णय लिन तयार भएका हुन् ।

तर अहिले विकसित नयाँ परिवेशमा फेरि सरकार निर्माणको सन्दर्भ अलमलमा परेको छ । यसको निकास जसपाको आगामी कदमले मात्र निर्धारण गर्न सक्ने अवस्था रहेको छ । त्यसैले फेरि पनि जसपाकै कोर्टमा बल पुगेको देखिन्छ । उसले जसरी पास गर्छ त्यसैमा नयाँ सरकार वा मध्यावधि निर्वाचन भन्ने टुंगो लाग्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय