शुक्रबार , बैसाख १०, २०७८

आमिरको लाल सिंह चड्डाको अन्तिम सेड्यूलको तयारी पुरा

आमिरको लाल सिंह चड्डाको अन्तिम सेड्यूलको तयारी पुरा

बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को अन्तिम सेड्यूलको तयारी पुरा भएको छ । फिल्ममा ६० अन्य कलाकारको सहभागिता हुनेछ । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार पुरा फिल्ममा तीन सय बढी कलाकार हुनेछन् । फिल्म युनिट यो समयमा प्रमुख अभिनेता आमिर खानको प्रतिक्षा गरिरहेको छ ।

फिल्म सम्बद्ध स्रोतका अनुसार फिल्मको अन्तिम भागको सुटिङ कारगिलमा हुनेछ । जहाँ इन्डो–पाकको कारगिल युद्धको सिक्वेन्स छायांकन गरिनेछ । फिल्ममा लालसिंह चड्डाका साथ युद्धमा सहभागिता जनाउनका लागि सेनाको एक टुकडी पनि हुनेछ । जसका लागि ५० देखि ६० जना कलाकारको कास्टिङको काम गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

फिल्ममा सिनियर अफिसरको भूमिका मानव विजले निभाउदैछन् । फिल्ममा आमिरको साथीको भूमिकाका लागि दक्षिण भारतीय कलाकार नागा चैतन्यसँग कुराकानी भइरहेको छ । यसअघि यो भूमिकामा विजय सेथुपतीलाई भनिए पनि उनको व्यस्तताका कारण समय दिन सकेका थिएनन् ।

फिल्ममा विजयको स्थानमा नयाँ कलाकार राख्नका लागि आमिरले आफ्नो टिमलाई तीन समूहमा बनाई बंगाल, तमिलनाडु र आन्ध्रप्रदेश अडिसनका लागि गएका थिए । फिल्ममा आमिर पञ्जाबी गेटअपमा देखिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय