शुक्रबार , बैसाख १०, २०७८

गाउँपालिकाको आफ्नै भवन निर्माण

गाउँपालिकाको आफ्नै भवन निर्माण

२२ चैत,डोटी । स्थानीय तह गठन भएदेखि भाडाको घर छाडेर दुई गाउँपालिकाले आफ्नै भवन निर्माण गरेका छन् । पछिल्लो समय जोरायल र बडिकेदार गाउँपालिकाले आफ्नै भवन निर्माण गरी नागरिकलाई सेवा प्रदान गर्न थालेका छन् ।

नागरिकलाई आफ्नै भवनबाट सेवा दिनका लागि उक्त गाउँपालिकाले आफ्नो भवन निर्माणको कार्यलाई तिव्रता दिई काम सम्पन्न गरी सेवा सञ्चालन गरेका हुन् । जोरायलको पक्की भवन निर्माण गरिको छ भने बडिकेदारको ‘प्रिफ्याब’ भवन निर्माण गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बडिकेदारको भवन कुल रु ७० लाखको लागतमा ‘प्रिफ्याब’ मोडलमा भवन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज पाण्डेयले जानकारी दिए । उनका अनुसार नयाँ बनेको भवनमा सभा हल, सबै विषयत शाखा अटाउने कार्यकक्ष, अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहित २२ कोठाको भवन निर्माण गरिएको हो । उक्त भवनको निर्माण एस।एस। कन्सट्रक्सन दिपायलले गरेको हो । आफ्नै भवन निर्माण भएपछि नागरिकलाइ एक छाना मुनीबाट सेवा दिन निकै सहज भएको बडिकेदारका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।

यसैगरी जोरायलले पनि कुल रु दुई करोड तीन लाखमा १४ कोठाको आफ्नो भवन निर्माण सम्पन्न गरेको छ । नयाँ बनेको भवनमा सभाहल, सबै विषयत शाखाका कार्यकक्ष, अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष निर्माण गरिएका छन् । उक्त भवन थानी कन्सट्रक्सन काठमाडौंले निर्माण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय