चैत तेश्रो हप्ता मेयर कप ब्याडमिन्टन हुने
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार २०:२७:५८
२२ चैत, काठमाडौं । चैत तेश्रो हप्ता प्रदेश-१ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । झुम्का ब्याडमिन्टन क्लबले आयोजना गर्ने प्रतियोगिता चैत २७ र २८ गते हुनेछ ।
रामधुनी नरगापालिका, झुम्का, सुनसरीमा आयोजना हुने प्रतियोगितामा पुरुष युगल खुल्ला, यु–१७ गर्ल्स एकल, खुल्ला गर्ल्स एकल, भेट्रान्स ४५ माथि र आन्तरिक खेलाडीहरुको गरि ५ विधामा करिब २०० सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
करिब १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगल तर्फका शीर्ष तीन बिजेताले नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै यु १७ र खुल्ला गल्र्स एकल तर्फका शीर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शीर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक विचका शीर्ष तीनले १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी गराएका छन् ।
प्रतियोगितामा सहभागि हुने खेलाडीका लागि विहानको खाजा र लन्च आयोजकले ब्यहोर्ने भएका छन् । यस्तै प्रतियोगितामा नाम दर्ताका लागि प्रति खेलाडी १ हजार र दर्ता गर्ने समय चैत २४ गते ४ बजे सम्म रहेको संयोजक दाहालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा शुक्रबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता हुने
चैत ५, २०८० सोमबार
बाबियाचौरमा तयार भयो २१ लाखमा ब्याडमिन्टन कर्भड हल
चैत १८, २०७९ शनिबार
खुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम
पुष १७, २०७९ आइतबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार