ओलीले कारबाही गर्ने हैसियत राख्दैननः नेपाल
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार २०:४०:३३
२२ चैत, काठमाडौं । केपी ओली पक्षले कारबाही गरेपछि झनै उग्र रुपमा प्रस्तुत भएका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ ढंगले अगाडि बढ्ने उद्घोष गरेका छन् ।समानान्तर पार्टी कमिटी गठन प्रकृयालाई तीब्रता दिनेक्रममा आज काठमाडौं जिल्ला कमिटी गठन गर्न आयोजित कार्यक्रममा नेता नेपालले भने – ओलीले कारबाही गर्ने हैसियत राख्दैनन् । उनले बनाएको एमाले हो र हामी ?
ओलीले फ्यालेर फ्यालिने नेता हो आफूहरु नरहेको दाबी गर्दै उनले पार्टीको मूलधार आफ्नो पक्ष रहेको बताए । ओलीसँग मिलेर जाने अवस्था लगभग समाप्त भयो भन्दै उनले कानूनी रुपमै नयाँ पार्टी खोल्ने पक्षमा आफूहरु नरहेको तर कुनै वाधा अड्चन आइपरे जस्तो सुकै कदम चाल्न पछि नहट्ने नेता नेपालले प्रष्ट पारे ।
ओलीको निरंकुश चरित्र र प्रवृत्ति विरुद्ध सिंगो मुलुक आन्दोलित रहेकाले आम कार्यकर्ताले त्यसको हिसाव खोजेको उनले बताए । सत्ताको अहंकार र दम्भले मात्तिएका ओलीको हविगत आउने निर्वाचनले प्रष्ट गर्ने भन्दै नेता नेपालले हामी नै आधिकारिक हौं, चुनावमा टिकट बाँड्नेदेखि गठबन्धन गर्ने तहसम्मका सबै काम आफूहरुले गर्ने दाबी गरे ।
एमाले भित्र नक्कली नेता भित्र्याएर वहुमत पु¥याउन खोजेको भन्दै उनले अहिलेपनि आफूहरु नै वहुमतमा रहेको बताए । हामीसँग ९७ जना हुनुहुन्छ, भोट गरौं , तयार छन् त ओली – नेता नेपालको प्रश्न थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार