प्राकृतिक जलाशयको संरक्षणमा समस्या
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार २०:३८:१९
२२ चैत,वाग्मती । स्रोतसाधन र बजेटको अभावमा प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन केन्द्रको कार्यालय हेटौंडाले आफनो उदेश्यअनुसार काम गर्न नसकेको जनाएको छ । देशभरिका प्राकृतिक जलाशय अन्तर्गत रहेका मत्स्य तथा जलीयजीव र वनस्पतीको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको सो कार्यालयले बजेट, सवारीसाधन र जनशक्तिको अभाव झेलिरहेको छ ।
कार्यालयबाट प्राप्त जानकारी अनुसार रु १० करोड बजेटको आवश्यक्ता रहेकामा करीब रु तीन करोड वार्षिक बजेट मात्र दिइएको र प्राविधिकसहित १६ कर्मचारीको दरबन्दी रहेकामा अहिले सात कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको बताइएको छ ।
विसं २०२४ वा ५३ वर्ष अगाडि स्थापना भएको र सोही समयमा निर्माण भएको कार्यालय भवन र त्यसअन्तर्गत रहेको माछापालन तथा भुरा उत्पादनका जलाशय पोखरी र कृषि फार्म अहिले जीर्ण भइसकेकाले मर्मतसम्भारका लागि बजेटको अभाव रहेको कार्यालय प्रमुख सरोजकुमार यादवले जानकारी दिए ।
विसं २०२४ मा मत्स्यको उत्पादन र व्यावसायिक कारोवार गर्ने उद्देश्यले स्थापना भएको सो कार्यालयको पहिलो नाम व्यावसायिक मत्स्य केन्द्र हेटौँडा रहेको थियो । देशको बदलिँदो परिस्थिति र निजी क्षेत्रका किसानले माछा उत्पादन र बिक्री गर्न थालेपछि आव २०७४÷७५ बाट सो कार्यालयको नाम र काममा परिर्वतन गरी प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्रको कार्यालय नामकरण गरिएको प्रमुख यादव बताउछन् ।
यसअघि सो कार्यालयले माछा उत्पादन गरी हेटैंडा र काठमाडौंको बजारमा बिक्री गर्ने र गुणस्तरीय माछा उत्पादन गर्ने गरेको थियो । साथै हाँसको पालन बिक्री गर्ने गरिएको थियो । निजी क्षेत्र माछाको व्यावसायिक कारोवारमा लागेपछि यसको काममा परिर्वतन गरी देशभरिका प्राकृतिक जलाशयको जीवजन्तुको संरक्षण गर्ने जिम्मेवारी र काम दिइएको छ । अहिलेको अवस्थामा उक्त कार्यालयले प्राकृतिक जलाशयको मत्स्यको तथ्याङ्क सङ्कलन गर्ने, त्यस कार्यमा संलग्न समुदायको क्षमता अभिवृद्धि गर्ने, माछाको गुणस्तरियतामा जोड दिने, माछाको बीज उत्पादन गर्ने, माछा रोगको पहिचान गर्ने तथा दोहोरो मार्ग व्यवस्थापन गरी माछा फार्मको उत्पादनलगायतका काम गर्ने छ ।
उक्त कार्यालयको हाताभित्र ४७ हेक्टर क्षेत्रफलमा भवनसहित जमीन रहेको र सोमा १७ ।६९ हेक्टर जमीनमा १० पोखरी तथा तीन रिजरभेयर रहेका छन् । उक्त पोखरीमा गुणस्तरिय माछा उत्पादन र बिक्रीका लागि पोखरीमा पानीको अभाव रहेको छ ।
चालू आर्थिक वर्षमा हयाचलिगङ र फिगङरलिगङ्र एडभान्सफिगङरलिगङका लागि क्रमश रु तीन करोड तथा रु पाँच लाख उत्पादन र बिकीवितरण कार्यक्रम रहेकामा हाल चैतसम्ममा रु ८१ लाख दुई लाख र रु एक लाख मात्र उत्पादन भएको तथा हाल माछा पोखरीमा माछाको भुरा शून्य रहेको सो कार्यालयबाट प्राप्त विवरणमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार