शुक्रबार , बैसाख १०, २०७८

एसएस राजामौलीको आरआरआरले कमायाे रिलिज अघि नै ९ सय करोड

एसएस राजामौलीको आरआरआरले कमायाे रिलिज अघि नै ९ सय करोड

आरआरआर फिल्म रिलिज अघि नै ९ सय करोडमा बिकेकाे छ । दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’को नर्थ इण्डियन राइट्स रेकर्ड मूल्यमा विक्री भएको हाे ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार राजामौलीको यो फिल्मको नर्थ इण्डियन थिएट्रिकल राइट्स पेण्डियाले १ सय ४० करोडमा किनेको छ । यो डिलसँगै ‘आरआरआर’को टोटल प्री–रिलिज व्यापार ‘फिल्म रिलिज हुनुअघिको व्यापार’ ९ सय करोडमा पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यो फिल्मले प्री–रिलिज बिजनेसको कामलामा ‘बाहुबली’लाई पछि पारेको छ । राजामौलीकै फिल्म ‘बाहुबली २’ले रिलिज अघि करिब ६ सय करोड रुपैंयाँको अल टाइम रेकर्ड बिजनेस बनाएको थियो ।

विश्वभर ‘आरआरआर’को थिएट्रिकल राइटस ५ सय ७० करोडमा बिक्री भएको छ । फिल्मको सबै भाषाको थिएट्रिकल, इलेक्ट्रोनिक, सेटलाइट र डिजिटल राइट्स ८ सय ९० रुपैंयाँमा बिक्री भएको छ । फिल्ममा जुनियर एनटीआर, राम चरण तेजा, अजय देवगन र आलिया भट्टको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय