दुर्गाप्रसादको प्रारम्भिक स्वास्थ्य उपचार
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार २२:५३:३०
२२ चैत, मोरङ । भारतका विभिन्न जेलमा ४० वर्ष बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ । उपचारका लागि उनी आइतबार विराट मेडिकल कलेजमा भर्ना भएका हुन् ।
यसअघि नै उनको उपचारको जिम्मेवारी प्रदेश नं.१ ले लिएको थियो । डाक्टरहरुले दुर्गाप्रसादको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिसकेका छन् । दुर्गाप्रसादको उपचारका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सरकारका तर्फबाट समन्वय गरिरहेका छन् । मेडिकल कलेजका सञ्चालक डाक्टर ज्ञानेन्द्र कार्कीले उनको उपचार निशुल्क गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हत्या मुद्दामा दार्जिलिङबाट पक्राउ परेका दुर्गाप्रसाद चार दशकसम्म अभियोग प्रमाणित नभइकनै जेलमा बस्नु परेको थियो । कलकत्ता उच्च अदालतको आदेशपछि चैत ७ गते उनी दमदम सेन्ट्रल जेलबाट रिहा भएका थिए।
उनलाई लागेको आरोपमाथि बिना सुनुवाइ चार दशकसम्म जेलमा बसेका दुर्गाप्रसादको तर्फबाट क्षतिपूर्ति माग गर्दै भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने परिवारले तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार