साहित्यकार शर्मा अभिनन्दित
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार २३:३८:५१
२२ चैत,काठमाडौं । अग्रज साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई आज काठमाडैंमा अभिनन्दन गरिएको छ । साहित्यिक पत्रकारिताका साथै साहित्य क्षेत्रमा उनले पु¥याएको योगदानको स्मरण गर्दै ८४ वर्ष प्रवेशको अवसरमा उनलार्य आज अभिनन्दन गरिएको हो ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उनलाई दोसल्ला ओढाएर सम्मान गर्दै कालजयी र दीर्घजीवीको शुभकामना व्यक्त गरे । नगेन्द्रराज शर्मा अभिनन्दन समारोह समितिको आयोजनामा भएको उक्त कार्यक्रममा उनलाई झण्डै ५० भन्दा बढी सङ्घसंस्थाले अभिनन्दनपत्रका साथ सम्मान गरेको थियो ।
विसं २०२७ देखि उनी अभिव्यक्ति साहित्यिक पत्रिका प्रकाशन गर्दै आएका छन् । साहित्यकार शर्माले भव्य समारोहबीच अभिनन्दन गरेकामा सबैलाई धन्यवाद दिँदै विभिन्न आरोह अवरोहबीच आफूले पत्रिकालाई निरन्तरता दिँदै आएको बताए ।
समारोहमा स्रष्टा श्रीओम श्रेष्ठले साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाज, गोरखापत्र संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत दर्जनौँ संस्थामा रहेर उनले नेपाली समाजलाई महत्वपूर्ण योगदान पु¥याउनु भएको जानकारी दिए ।
सो अभिनन्दन समारोहमा गत वर्ष मनाउने तयारी गरिए पनि कोभिडका कारण एक वर्ष पछि सारिएको हो । समारोहमा किशोर पहाडी, रमा शर्मा, देवीका तिमिल्सिना, पवन आलोक लगायतले साहित्यकार शर्माको साहित्यिक योगदानको चर्चा गरेका थिए । ‘नगेन्द्रराज शर्मा’ समय ग्रन्थ र ‘यायाबर पुस्तक’समेत विमोचन गरिएको थियो । शर्माका विभिन्न चारवटा साहित्यक कृति प्रकाशित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार