नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच सम्झौता
नेपालबहस संवाददाता
चैत २२, २०७७ सोमबार २:१५:५८
२२ चैत, काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बिच सम्झौता भएको छ । स्थानिय तयारी पोशाक उत्पादन व्यवसँयिहरुलँई आवश्यकता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता गरेको जनाइएको छ ।
निरजकुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंकर किशोर नेपाल, अध्यक्ष, एन.एस.टी.पि.उ.एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सो कार्यक्रममा नबिल बैंकको तर्फबाट मनोज कुमार यादव, प्रबन्धक–लघुवित्त विभाग र एन.एस.टी.पि.उ.एसको तर्फबाट सुमित प्रधान, उपाध्यक्षको उपस्थिति थियो ।
साझेदारीको बारेमा बोल्दै निरज कुमार बस्नेत (डनिल)ले भने, “राष्ट्रको विकास केवल स्थानीयव्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तिय पहुँचको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास राख्दछ । यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पु¥याउने लक्षयका साथ स्थानीयतयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत विभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ । नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एन.एस.टी.पि.उ.एस संगको यस सहकार्य मार्फत देशभरका स्थानीय व्यवसायिहरुको “मेक इन नेपाल“उत्पादनहरुलाई प्रोत्साहनगरि सहयोग पु¥याउन उत्साहित छ ।”
त्यस्तै नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष किशोर नेपालले ‘नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मुल नाराका साथ नेपाल स्थानियतयारी पोशाक उत्पादन संघ स्थापना भएको बताए । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हु“दै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठुलो सम्भावना र आशाको किरण तथा सम्बृद्धीको बाटो हुनेमा विश्वस्त रहेको उनको तर्क थियो ।
नबिल बैंकको बारेमा
नबिल बैंकले देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिलरेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको वृहत सन्जालमार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ .। एक उच्च प्रशिक्षित समुह, मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित रहेको बैंकले जनाएको छ ।
आर.एण्ड.डी. को बारेमा
बि.सं. २०७४ मा स्थापित, नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थानीय तयारी पोशाक उत्पादकहरूको एक गैर–सरकारी संस्थाहो, जुन समग्र स्थानीय तयारी पोशाक उत्पादन व्यवसायीहरुको सुरक्षाको साथ मूल्य एकरुपता लागू गर्न स्थापना भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार