शुक्रबार , बैसाख १०, २०७८

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमलाई घाटा कि नाफा ?

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमलाई घाटा कि नाफा ?

२२ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु १०३ पुगेको छ ।

नयाँ मूल्यसूची आज मध्यराति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

निगमको आजको निर्णयअनुसार नै मूल्यवृद्धि गरिएको हो । पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।

निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई करिब रु ८८ करोड बराबरको घाटा हुने देखिन्छ ।

एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा रु ६० करोड १३ लाख बराबरको घाटा भइरहेको छ । घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ । भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३० रुपैयाँ ४७ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसा नेपालतर्फ नै सस्तो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उपमहानगरपालिकाले प्रतिकिलो फोहोर २ देखि २० रुपैयामा किन्ने उपमहानगरपालिकाले प्रतिकिलो फोहोर २ देखि २० रुपैयामा किन्ने ६ दिन पहिले
मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त २ हप्ता पहिले
गितसंगितबाटै विश्व किर्तिमानी कायम गदै डा.उपाध्याय गितसंगितबाटै विश्व किर्तिमानी कायम गदै डा.उपाध्याय १ हप्ता पहिले
भारतको महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु, रेष्टुरेन्टमा बसेर खाना खान नपाइने भारतको महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु, रेष्टुरेन्टमा बसेर खाना खान नपाइने ३ हप्ता पहिले
आरबीबी एनभीएमा हेल्प नेपाल शीर्ष स्थानमा आरबीबी एनभीएमा हेल्प नेपाल शीर्ष स्थानमा २ हप्ता पहिले
फेरि कोरोना हटस्पट बन्दै वीरगंज, सीमाक्षेत्रमा कडाई फेरि कोरोना हटस्पट बन्दै वीरगंज, सीमाक्षेत्रमा कडाई ३ दिन पहिले
ज्योति लाइफको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ? ज्योति लाइफको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ? ३ हप्ता पहिले
वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने १ हप्ता पहिले