मेशिन चोरीको आरोपमा कुटपिटबाट एकको मृत्यु
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १३:६:५१
२३ चैत, भक्तपुर । पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
चाँगुनारायण नगरपािलका–२ बर्खेपाटीमा स्थानीय बासिन्दाले शनिबार राति पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै कुटपिटबाट घाइते भएका गुरुङको आइतबार मृत्यु भएको बताइएको छ । प्रहरीले स्थानीय विनोद लाखाको घर नजिकै रहेको च्याउखेतीमा लगाउन बनाइएको सानो पानी जम्मा भएको पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा लाखासमेतका व्यक्तिले गुरुङलाई नियन्त्रणमा लिई कुटपिट गरी घाइते बनाएको नायव उपरीक्षक गिरीले जानकारी दिए ।
हत्या अभियोगमा पक्राउ पर्नेमा चाँगुनारायण–२ बस्ने ५० वर्षीय टेकबहादुर केसी सोही ठाउँका ३२ वर्षीय नविन कोजू, भक्तपुर नगरपालिका–७ बस्ने ३७ वर्षीय विनोद लाखा, दोलखा भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–२ बस्ने ३८ वर्षीय कमल खत्री (फुँयाल) र सुनसरी बर्जु गाउँपलिका–३ घर भई हाल चाँगुनारायण–३ बस्ने ३४ वर्षीय सनिशकुमार राय रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार