काभ्रेका तीन ठाउँमा आरोग्य केन्द्र स्थापना
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १४:३६:२७
२३ चैत, काभ्रेपलाञ्चोक । ‘निरोगी नेपाल’ निर्माणको नीतिअन्तर्गत यहाँ दुई नगरपालिका र एक गाउँपालिकाका तीन स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । पनौती र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकामा उक्त केन्द्र स्थापना गरिएको हो ।
प्रकृतिमैत्री स्वच्छ जीवन प्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहका सबै स्वास्थ्य संस्थामा नागरिक आरोग्य केन्द्र स्थापना गर्ने उल्लेख छ ।
नमूना कार्यक्रमका रुपमा पहिलो चरणमा मुलुकका २१८ स्थानीय तहमा सेवा केन्द्र स्थापना गर्ने निर्णयअन्तर्गत यहाँका तीन स्थानीय तह रहेका थिए । केन्द्रबाट सामान्य बिरामीको उपचारका साथै योग–अभ्यास गराउने, व्यायाम तथा जडीबुटीको प्रयोगबारे स्थानीयस्तरमा जनचेतना फैलाउने काम केन्द्रले गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा मनोजकुमार चौधरीले बताए । उनका अनुसार केन्द्रबाट नेपाल सरकारले २२ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिनेछ ।
भुम्लुमा केही दिनअघि मात्र स्थापित केन्द्रमा स्थानीयको आकर्षण बढेको पाइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए । “अब अपुग औषधिको व्यवस्थापन गरी केन्द्रको सेवाबारे प्रचारप्रसारमा जुट्नेछौँ”, उनले भने । केन्द्रद्वारा सुत्केरी महिलाका लागि शक्तिवद्र्धक कुरिलोको पाउडर र बालबालिकाका लागि बालामृतसमेत प्रदान गरिने जनाइएको छ ।
सेवा केन्द्र स्थापनाका लागि स्थानीय तहले नै पूर्वाधारको व्यवस्था गर्नुपर्ने निर्देशिकामा छ । सरकारको सेवा केन्द्रसम्बन्धी निर्देशिका–२०७७ मा स्थानीय नागरिकलाई परम्परागत ज्ञान, सीप र मौलिक सम्पदाको संरक्षण गर्दै योग, ध्यान, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबाट सर्ने तथा नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि नागरिक आरोग्य सेवा केन्द्रले प्रमुख भूमिका खेल्ने उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार