कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रावल नियुक्त
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १४:४८:१७
२३ चैत, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावल नियुक्त भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा रावललाई नियुक्त गरेको हो । सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा रावलसँगै प्रा डा रेशम राना र सहप्रध्यापक डा पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो ।
गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । तत्पश्चात डा रावलले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेको थियो । आइतबार प्रधानमन्त्री ओलीले हुम्ला निवासी डा रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेपछि कर्णालीवासी भने निकै खुशी भएका छन् ।
त्यसैगरी प्रधानमन्त्री ओलीले आइतबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गरेको छ । नियुक्त उपकुलपतिहरुको कार्यकाल चार वर्षको हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
ट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार