शुक्रबार , बैसाख १०, २०७८

दोलखामा राससको सम्पर्क कार्यालय सञ्चालनमा

दोलखामा राससको सम्पर्क कार्यालय सञ्चालनमा

२३ चैत, दोलखा । राष्ट्रिय समाचार समिति (रासस)को नवस्थापित दोखला सम्पर्क कार्यालय आजबाट सञ्चालनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त कार्यालयको आज बिहान अवलोकन गर्दै कार्यालय खोलेकाप्रति खुशी व्यक्त गरे ।

उनले दोलखा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचुरता भएको जिल्ला भएकाले यस कार्यालयबाट यहाँका तमाम सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्त्री गुरुङले आफ्नो हैसियतबाट राससलाई स्रोत साधन उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राससले समाज र मुलुकको सेवा गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) र महाप्रबन्धक ओपेन्द्र शर्माले मन्त्री गुरुङलाई कार्यालयमा स्वागत गरेको थियो ।

सो अवसरमा अध्यक्ष अधिकारीले उक्त कार्यालयलाई अब स्थानीय स्वामित्वको महत्वपूर्ण निकायका रुपमा स्थापित तथा विकास गर्न रासस सक्षम हुने भनाइ राखे। महाप्रबन्धक शर्माले मन्त्रालय र भिमेश्वर नगरपालिका तथा जिल्ला समन्वय समितिको सहयोगका लागि आग्रह गरे । उक्त सम्पर्क कार्यालयको प्रमुख प्रभु जिरेल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अप्ठ्यारोमा जसपा, दल विभाजन कि सत्ता ? अप्ठ्यारोमा जसपा, दल विभाजन कि सत्ता ? ३ हप्ता पहिले
साढे दुई करोड नेपाली इन्टरनेटको पहुँचमा साढे दुई करोड नेपाली इन्टरनेटको पहुँचमा ३ हप्ता पहिले
प्रदेशबाट च्यापिदै ओली, सबैतिर फ्लोर क्रसको झट्का प्रदेशबाट च्यापिदै ओली, सबैतिर फ्लोर क्रसको झट्का ६ दिन पहिले
तपाईकाे साप्ताहिक राशीफल [ चैत १५ गते आइतबारदेखी चैत २१ गते शनिबारसम्मको ] तपाईकाे साप्ताहिक राशीफल [ चैत १५ गते आइतबारदेखी चैत २१ गते शनिबारसम्मको ] ४ हप्ता पहिले
नयाँ सरकार बन्न नदिन आफ्नालाई कारर्वाही जसपा सांसदलाई फकाउँदै ओली नयाँ सरकार बन्न नदिन आफ्नालाई कारर्वाही जसपा सांसदलाई फकाउँदै ओली २ दिन पहिले
६ वाणिज्य बैंकको ब्याजदर सार्वजनिक, कुनले दिँदैछन् कुन खातामा कति ब्याज ? ६ वाणिज्य बैंकको ब्याजदर सार्वजनिक, कुनले दिँदैछन् कुन खातामा कति ब्याज ? १ हप्ता पहिले
गितसंगितमै १९ विश्व किर्तिमानी थप्दै ५१ वटा वल्र्ड रेकर्ड बनाए उपाध्यायले गितसंगितमै १९ विश्व किर्तिमानी थप्दै ५१ वटा वल्र्ड रेकर्ड बनाए उपाध्यायले २ दिन पहिले
नेपालमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्ने : स्वास्थ्य मन्त्री त्रिपाठी नेपालमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्ने : स्वास्थ्य मन्त्री त्रिपाठी २ हप्ता पहिले