बुधबार , बैसाख ८, २०७८

अप्ठ्यारोमा जसपा, दल विभाजन कि सत्ता ?

अप्ठ्यारोमा जसपा, दल विभाजन कि सत्ता ?

२३ चैत, काठमाडौ । जनता समाजबादी दल (जसपा) सत्ता समीकरणका विषयमा एकमत नहुँदा तत्काल वैकल्पिक सरकार गठन हुने सम्भावना न्युन बन्दै छ ।  उक्त दल भित्र प्रधामन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने वा  नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठवन्धन गरेर अघि बढ्ने विषयमा देखिएको मतभेदले भने पार्टीलाई नै विभाजनको अवस्थामा सम्म पुर्याउन सक्ने विश्लेषण हुन लागेको छ ।

जसपा यतिवेला  प्रधामन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस र माओवादी केन्द्र तीनै दलको तानातानमा परेको छ ।  जसको परिणाम सरुप जसपाले आफ्ना माग संवोधनको लागि उपयुक्त समयको रुपमा लिदै  मोलमोलाइको शर्तलाइ अझ बढाउदै लगेको  छ।  यसले जसपालाई थप बलियो मात्र बनाएको छैन दल विभाजन कि सत्ता ? कठिन रोजाइको अवस्थामा समेत पुर्याइदिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रधानमन्त्रीसँग नियमित संवादमा रहेको जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोपक्ष केपी ओलीलाई समर्थन गरेर अघि जान सकिने बताइरहेका छन् भने जसपा भित्रको उपेन्द्र यादव समुह ओलीलाई समर्थन गर्न नसकिने बताउँदै आएको छ । यादव पक्ष कुनै पनि हालतमा ओली सँग सहकार्य नगर्ने मनस्थितिमा देखिन्छ ।

जसपा कार्यकारिणी समितिको बैठक शुरु

त्यसो त प्रतिपक्षी नेपाली काग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल थाल्ने निर्णय लिए पछि जसपाले आफैले पनि प्रधानमन्त्रीको दावी पेश गर्न थालेको छ ।  सरकार गठनमा संसदमा अंक गणितीय हिसाबले ‘किङमेकर’ बन्न पुगेको जसपाका नेताहरु आफैं सरकारको नेतृत्व गर्ने बताउन थालेका छन् । यसले पनि वर्तमान राजनीतिक अवस्था जनता समाजबादी दललाई विभाजन देखि प्रधानमन्त्री पद पाउँने सम्मको अवसर  र चुनौति दुवै बनेर अडिएको छ ।

यहीबीचमा नयाँ सत्ता समीकरणबारे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसपा अध्यक्ष महन्थ ठाकुर बीच संवाद सकारात्म रहन सकेन् । देउवालाई समर्थन गर्न प्रस्ताव गरे पछि नेता ठाकुरले ‘गठबन्धनको सरकार बनाउने भन्ने, अनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर निर्णय दिने ? गठबन्धनको सरकारका लागि तीन दलसँग बसेर निर्णय लिनुपर्ने होइन र भनी प्रश्न गरेका थिए ।

उनको यो प्रश्नले पनि प्रधामन्त्रीसँगको बार्ता सकारात्मक रुपम अघि बढेको अनुमान गर्न सकिन्छ । प्रधामन्त्रीले सरकारमा सहभागी हुन र  महत्वपूर्ण ८ मन्त्रालय रोजेर लिन यस अघि नै आग्रह गरीसकेका छन । त्यसैगरी रेशम चौधारी रिहाइका अघि बढेको बार्ता पनि सहमती नजिक पुगेको बताइएको छ ।

यी तमाम प्रयासका बीच जसपालाई आफ्नो कि्त्तमा ल्याउन नसके  प्रधानमन्त्री ओलीले जसपालाई फुटाएर १७, १८ जना सांसदलाई आफूतिर तानेर बहुमत पुर्याउने प्रयास गर्ने सम्भावना पनि उत्तिकै  बलियो बन्दै गएको देखिन्छ । पछिल्ला राजनीतिक परिदृश्यले यो अवस्था आउन सक्ने संभावना बढेर गएको देखाएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेकामा दुई जना निलम्बनमा छन । माओवादी केन्द्रका ५३ र जसपाका ३३ सांसद छन् । एमालेबाट १२१ जान सांसद रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय