शुक्रबार , बैसाख १०, २०७८

बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका कर्मचारीको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका कर्मचारीको मृत्यु

२३ चैत, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु भएको छ । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा पुलिसरामलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । उनको सोही दिन राति आठ बजे शव फेला परेको सहायक निकुञ्जले जनाएको छ ।

पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत थिए । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै मानिसहरुलाई आक्रमण गर्ने घटना पनि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय