शुक्रबार , बैसाख १०, २०७८

बर्दियामा गैँडा गणना स्थगित, पर्यटकीय गतिविधि पनि बन्द

बर्दियामा गैँडा गणना स्थगित, पर्यटकीय गतिविधि पनि बन्द

२३ चैत, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट निकुञ्जका कर्मचारीकै मृत्यु भएपछि जारी गैँडा गणना स्थगित भएको छ ।
निकुञ्जका अनुसार आइतबार बेलुका गैँडा गणनामा खटिएका माउतेलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट माउतेको मृत्यु भएपछि सोमबार एक दिनका लागि गैँडा गणना रोकिएको छ । सुरक्षात्मक प्रबन्ध मिलाएर मंगलबारदेखि पुनः गणना सुरु हुने निकुञ्जले जनाएको छ । सोमबारका लागि पर्यटकीय गतिविधि पनि बन्द गरेको निकुञ्जले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चैत ९ गतेदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु भएको राष्ट्रिय गैँडा गणना अन्तर्गत बर्दियामा गएको बुधबार ‘चैत १८ गते’ देखि गणना सुरु भएको हो। बर्दियामा गैँडा गणनाका लागि अझै एक हप्ता लाग्ने छ । झण्डै १० वर्षको भाले बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ गैँडामचान ‘राष्ट्रिय निकुञ्ज क्षेत्र’ गैँडा गणनाका लागि खटिएका हात्तीका माउते ३५ वर्षका पुलिसराम थारुको निधन भएको हो।

आक्रमणकारी बाघलाई नियन्त्रणमा लिएर निकुञ्जमै राखिएको र केन्द्रीय चिडियाखाना पठाउने तयारी भइरहेको निकुञ्जले जनाएको छ ।बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो समय बाघको आक्रमण लगातार हुँदै आएको छ । पछिल्लो २० महिनामा आइतबारको घटनासहित बाघको आक्रमणबाट २० जनाको ज्यान गएको छ ।

साउन यता मात्रै बर्दिया जिल्लामा बाघको आक्रमणबाट निकुञ्जका एक कर्मचारीसहित १० जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । पछिल्लो गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटेबाघ छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हुलहुलका बाँदरले मकैबाली सखाप पारेपछि, किसान चिन्तित हुलहुलका बाँदरले मकैबाली सखाप पारेपछि, किसान चिन्तित २ दिन पहिले
लोकसंस्कृति उत्थानका लागि ठाडो भाका प्रतियोगिता लोकसंस्कृति उत्थानका लागि ठाडो भाका प्रतियोगिता १२ घण्टा पहिले
कुष्ठरोग रोकथामको प्रमुख चुनौती सामाजिक भेदभाव कुष्ठरोग रोकथामको प्रमुख चुनौती सामाजिक भेदभाव ३ दिन पहिले
भर्खरै आईपीओ जारी गरेको रु रु जलुविद्युतको शेयर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल भर्खरै आईपीओ जारी गरेको रु रु जलुविद्युतको शेयर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल ३ दिन पहिले
तपाईकाे साप्ताहिक राशीफल [ वैशाख ०५ गते आइतबारदेखी ११ गते शनिबारसम्मको ] तपाईकाे साप्ताहिक राशीफल [ वैशाख ०५ गते आइतबारदेखी ११ गते शनिबारसम्मको ] ५ दिन पहिले
महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा भट्टराई नियुक्त महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा भट्टराई नियुक्त २ दिन पहिले
महिलालाई ज्युँदै आगो लगाउने र तेजाब प्रहार घटनाप्रति आयोगको चिन्ता महिलालाई ज्युँदै आगो लगाउने र तेजाब प्रहार घटनाप्रति आयोगको चिन्ता १ दिन पहिले
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा साढे चार करोडभन्दा बढी बजेट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा साढे चार करोडभन्दा बढी बजेट ७ दिन पहिले