शुक्रबार , बैसाख १०, २०७८

सत्ता समीकरणमा जसपा नीतिः ओलीसँग नगदै लिने देउवासँग उधारो

सत्ता समीकरणमा जसपा नीतिः ओलीसँग नगदै लिने देउवासँग उधारो

२३ चैत, काठमाडौं । नयाँ सत्ता समीकरणमा रस्साकस्सी परिरहेका बेला जनता समाजवादी पार्टी भने च्याँखे दाउमा रहेको छ । नेपाली कांग्रेसको शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले केपी ओली नेतृत्वको सरकारको राजिनामा माग गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेसँगै देशमा नयाँ सरकार बन्ने आँकलन गरिरहेका बेला जसपा भने च्याँखे दाउमा रहेको हो ।

जसपाको मुख्य माग रेशम चौधरीको रिहाई रहेको छ । सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्धामा प्रधानमन्त्री केपी ओलीसँग सत्ता साझेदारी गरे चौधरीको रिहाइ गर्न सकिने अनुमान जसपाको रहेको छ । खासगरी महन्थ ठाकुर र राजेन्द्र महत्तोले चौधरीको रिहाइलाई सत्ता समिकरणको च्याँखे दाउ थापेका छन् । त्यसका लागि गत बुधबारबार गृहमन्त्री रामबहादुर थापासहितको सरकारी टोलीसँग जसपाले वार्ता पनि अघि बढाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उता एमाले संसदीय दलका नेता सुवास नेम्वाङको नेतृत्वमा लक्ष्मणल कर्ण लगायतको एउटा टोलीले एमालेसँग वार्ता गरिरहेको छ । ‘ओलीसँग समीकरण गरे तत्काल हाम्रा माग पूरा गर्ने अवस्थामा कुराकानी भैरहेको छ तर कांग्रेस सभापतिसँग भने वचन मात्रै लिने हो माग पूरा हुने काम त सरकार बनेपछि हो ’, जसपाका एक उच्च नेताले भने । उनका अनुसार तत्काल ओलीसँगनै मिल्दा जसपालाई फाइदा हुनेछ । ‘लामो समय सरकारबाहिर रहेको अवस्थामा रेशम चौधरीको रिहाइसँगै सरकारमा जाँदा आउदो निर्वाचनमा पनि जसपालाई फाइदा हुने अवस्था छ’, ती नेताले भने ।

तर रेशम चौधरी र कांग्रेस सभापति देउवा दुई धु्रवका नेता हुन् । टिकापुर घटना हुँदै गर्दा अखण्ड सुदुर पश्चिम आन्दोलनको भित्री सहयोगी देउवा थिए । कैलाली, कञ्चनपुरलाई थारुहटमा समेट्नुपर्ने आन्दोलनमा मुख्य कमाण्डर रेशम चौधरी थिए । सुदुरपश्चिमकै डडेल्धुरामा घर भएका देउवा अखण्ड सुदुरपश्चिम आन्दोलनका समर्थकहरुलाई चिढ्याउन चाहँदैनन् ।

जसपाका नेता लक्ष्मण लाल कर्णले भने । यद्यपि प्रधानमन्त्री ओलीले रेशम चौधरीको रिहाइको बारेमा अदालतले निर्णय गर्ने बताइसकेका छन् । सर्वोच्च अदालतमा चौधरीको मुद्धा विचराधिन अवस्था छ । सो मुद्धाबारे जसपाले सहजीकरण खोजिरहेका बेला प्रधानमन्त्री ओलीले महान्याधिवक्ताको कार्यालय मार्फत सहजीकरण गर्ने आश्वासन दिइसकेकाले पनि जसपाको महन्थ ठाकुर र राजेन्द्र महत्तो समूह ओलीसँग नजिक भएको छ ।

सरकार बनाउने नाममा चौधरीको रिहाइ गरेर देउवाले कैलालीका पहाडे नागरिकलाई चिढ्याउन चाहेका छैनन । गत निर्वाचनमा आफु डडेल्धुरा र पत्नि आरजुलाई कैलालीबाट उठाएका देउवा यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट आफु र पत्नि आरजुलाई उठाउने तयारीमा छन् । थारुहट आन्दोलनका नेता चौधरीलाई छाड्ने शर्तमा सरकारमा गए अखण्ड सुदुरपश्चिम पक्षधर पहाडे समुदाय भड्कने र सुदुरपश्चिम क्षेत्रमै कांग्रेसले चुनाव हार्ने डर देउवालाई छ । देउवाले जसपासँग गठबन्धन गर्न नचाहनुको अर्को कारण मधेसको भोट बैंक हो । विगतमा पहाडलाई कम्युनिष्टको भोट बैंक र तराई÷मधेसलाई कांग्रेसको भोट बैंकको रुपमा लिईन्थ्यो । तर मधेसवादी दलको उदयसँगै मधेसमा कांग्रेसको भोट बैंकमा क्षति भयो ।

कांग्रेसको यो मनस्थिति बुझेका जसपाका नेताहरु ओलीसँग नजिक भएर चौधीलाई रिहा गर्न चाहन्छन् । ‘ओलीजीहरु हाम्रो मागमा सहमत भैसक्नु भएको छ कहिले हस्ताक्षर गर्ने हो त्यसको मिति पर्खाइमा हामी रहेका छौ’, जसपाका नेता लक्ष्मण लाल कर्णले भने । यद्यपि प्रधानमन्त्री ओलीले रेशम चौधरीको रिहाइको बारेमा अदालतले निर्णय गर्ने बताइसकेका छन् । सर्वोच्च अदालतमा चौधरीको मुद्धा विचराधिन अवस्था छ । सो मुद्धाबारे जसपाले सहजीकरण खोजिरहेका बेला प्रधानमन्त्री ओलीले महान्याधिवक्ताको कार्यालय मार्फत सहजीकरण गर्ने आश्वासन दिइसकेकाले पनि जसपाको महन्थ ठाकुर र राजेन्द्र महत्तो समूह ओलीसँग नजिक भएको छ ।

दुवैतिरबाट सरकारमा सहभागी हुने प्रस्ताव आएपछि जसपाका शीर्ष नेताहरू मात्र होइन, दोस्रो तहका नेता पनि दुई कित्तामा बाँडिएका छन् । बाबुराम भट्टराई, उपेन्द्र यादव र उनीहरू निकट नेताहरू कांग्रेस–माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू ओलीसँग निकट देखिएका छन् । सत्ता समीकरणका विषयमा नेपाली कांग्रेसका नेताहरूले पनि जसपासँग भेटघाट र कुराकानी जारी राखेका छन् । माओवादी केन्द्रसँगको कुराकानीमा धेरैजसो जसपाका संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय