मोटरसाइकल एक–आपसमा ठोक्किदा एकको मृत्यु
नेपालबहस संवाददाता
चैत २३, २०७७ सोमबार १७:२१:२१
२३ चैत, हेटौंडा । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने वर्ष १७ की सगुन रुम्बा रहेकी छिन् । रुम्बाको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्दीर मोडमा आइतबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किएको थियो । हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।
दुर्घटनामा अन्य तिन जना घाइते भएका छन् । घाइते हुनेमा विज्ञान रुम्बा, विजल लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ ।तीव्र गतिमा रहेको दुबै मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऔषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार