शुक्रबार , बैसाख १०, २०७८

पर्साबाट तीनवटा भारतीय सवारीसाधन नियन्त्रणमा

पर्साबाट तीनवटा भारतीय सवारीसाधन नियन्त्रणमा

२३ चैत, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले अबैध रुपमा भित्रीएको भारतीय निजी सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पर्साबाट तीनवटा भारतीय सवारीसाधन नियन्त्रणमा लिएको हाे । शनिबार अपरान्ह भारतीय नम्बरको ट्रक, स्कुटर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।

 वीरगञ्ज–१६ बाट भारतीय नम्बर बीआर ०६ जीडी ४१५६ नम्बरको ट्रक, बीआर ०५ एच १५११ नम्बरको पल्सर मोटरसाइकल, बीआर ०० ३३८९ नम्बरको पैसन प्रो मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी प्रल्हाद कार्कीले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रहरीले एउटा नम्बर नभएको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । सबै सवारीसाधनको मूल्य ४१ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले अनुमान गरेको छ । गाडीका बारेमा वरपर सोधपुछ गर्दा कोही कसैले हकदाबी नगरेकाले बरामद गरिएको प्र्रहरीको दाबी छ ।

सवारीसाधनसँग सम्बन्धित आवश्यक कागजातसहित कोही पनि प्रहरी कार्यालयमा सम्पर्क गर्न नआएकाले आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय