बुर्लाकोटीको परिवार प्रति कांग्रेस महामन्त्री शशांक र नेता शेखरद्वारा समवेदना व्यक्त

२३ चैत, दमक । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइरालाले पितृशोकमा रहेका नेपाली कांग्रेस चितवनका लोकप्रिय तथा जुझारु नेता राजेन्द्र बुर्लाकोटीको निवास खुरखुरे पुगेर परिवारजनमा भावपूर्ण शोक–समवेदना अर्पण गरेका छन् ।
समवेदना दिँदै डा. शशांकले नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने आजको अपरिहार्य आवश्यकता भएको बताए । उनले कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीलाई आफ्नो परिवारमा परेको दुखद क्षणका रुपमा चित्रण गरे । शोकको यस घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त गरेर शोकलाई शक्तिमा परिणत गर्दै अब सबै नेपालीले विश्वास गर्न लायक कांग्रेस बनाउने बेला आईसकेको बताएका छन् ।
महामन्त्री डा. शशांकका साथमा चितवन पुगेका नेता डा. शेखरले मृतआत्माको चिर शान्तीको कामना गर्दै लथालिंग बनेको नेपाली कांग्रेसलाई समेटेर एउटै माला बनाउने जिम्मेबारी अब आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको काँधमा आईसकेको बताए । डा. शेखरले पनि नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर जाने कुरामा समेत जोड दिएको कुरा कोइरालाका स्वकिय सचिव दिनेशचन्द्र थपलिएलाले नेपालबहश डटकमलाई बताएका छन् ।
उक्त श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस चितवनका पार्टी सभापति जितनारायण श्रेष्ठ लगायत कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । डा. शशांक तथा डा. शेखर दुबै कोइरालाहरुको सामुहिक उपस्थितिले आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा अहिले बेग्लै रोमाञ्चकारी वातावरण सृजना हुँदै गएको देखिएको छ ।
कांग्रेसको आगामी चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवारको घोषणा गरेर देश दौडाहामा रहेका कांग्रेस नेता डा. शेखरलाई डा. शशांकको भौतिक उपस्थितिले पनि अत्यन्तै ठूलो सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।
डा. शेखरलाई काठमाडौंमा भेट्न हम्मेहम्मे पर्छ । उनि प्रायः काठमाडौं बस्नै चाहदैनन् । पार्टीको जिम्मेबारी लिए पछि सो जिम्मेबारी पूर्ण रुपमा गर्नुपर्छ र पार्टीका तमाम नेता तथा कार्यकर्ताहरुले सो नियमलाई फलो गर्नुपर्छ भन्ने भावना जागृत गराउन पनि डा. शेखर प्रायः गाउँमै भेटिन्छन् ।
पार्टीका काममा मात्र हैन पार्टीका नेतादेखि सामान्य कार्यकर्ताहरुको सुखदुःखमा समेत उनि घरघरमै पुगेर सुख दुःख आदान प्रदान गरिरहेका भेटिन्छन् । कहिले झापा त कहिले कञ्चनपुर, कहिले सल्यान त कहिले खोटाङको यात्रामा हने नेता डा. शेखर सधैं पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एउटै सन्देश दिईरहेका भेटिन्छन् ।
नेपाली कांग्रेस भनेर स्पष्ट रुपमा चिनिने आईडोेलोजी भनेकै ईमान्दारीता, सहयोगिता र सहभागिता हुनु पर्छ । केहि समय अघि नेपाली राजनितिका धरोहर, नेपाली कांग्रेसको राजनैतिक बिचार र शिद्धान्त प्रजातान्त्रिक समाजबादका लेखक स्व. भरतबाबु प्रसाईकी धर्मपत्नि तथा नेपाली महिला मुक्ति आन्दोलनकी योद्धा स्व. गिरिराज कुमारी प्रसाईको देहावशानमा समबेदना अर्पण गर्न डा. शेखर झापा आएका थिए ।
प्रतिक्रिया