शुक्रबार , बैसाख १०, २०७८

मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता

मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता

२३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएको छ । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको हो ।

सोमबार बसेको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड(माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रदेशमा अविश्वासको प्रस्ताव पास हुने अवस्थामा थिएन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय