शुक्रबार , बैसाख १०, २०७८

बर्दियामा पनि वायु प्रदूषण बढ्याे, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह

बर्दियामा पनि वायु प्रदूषण बढ्याे, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह

२३ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बर्दियाले देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आम नागरिकलार्य आग्रह गरेका हो ।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत जिप्रकाले अनुरोध गरेको छ । गर्मी बढेसँगै डढेलोका कारण आज बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ ।

bardiya 1

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय