शुक्रबार , बैसाख १०, २०७८

कुमारी बैंकको २० औं वार्षिकोत्सवमा प्रदेश १ का सबै शाखाहरुको सहभागिता

कुमारी बैंकको २० औं वार्षिकोत्सवमा प्रदेश १ का सबै शाखाहरुको सहभागिता

२३ चैत, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा  देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाएको छ ।

बैंकले प्रदेश नं. १ मा रहेका १६ वटा शाखाहरुबाट मन्दिर तथा स्थानीय बजारपरिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरे स्थित सेल्फी रोडमा डस्टबिन वितरण, उर्लाबारी मङलबारे स्थित श्री ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपिठ सिद्दाश्रम नेपाल मन्दिर परिसरमा वृक्षारोपण तथा डस्बिन वितरण गरेकोे छ ।

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसात गर्दै सो कार्यक्रमहरु गरेकोे जनाएको छ । २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १ रहेका १६ वटा शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय