शुक्रबार , बैसाख १०, २०७८

सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

२३ चैत, वीरगंज । सनराइज बैंकको वीरगंज शाखा र लायन्स क्लब वीरगंजद्वारा आ.एम केडिया आई अस्पतालको सहयोगमा वीरगंज–३१, परसौनिमा मिति २०७७ चैत्र २१ गते निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सर्वसाधारणलाई सहज स्वस्थ्य सुबिधा दिने उद्देश्यसाथ उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स क्लब वीरगंजलाई रु. १,८०,०००/– रकमको आर्थिक सहयोग गरेको जनाएको छ । शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो । उक्त शिविरमा अस्पतालको ७ जना टोलिले सेवा प्रदान गरेका थिए । समस्या देखिएका १०० जनाको समेत निशुल्क उपचार हुने जानाइएकोे छ ।

sunrise

सनराइज बैंकले देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिदैं जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय