शुक्रबार , बैसाख १०, २०७८

वाग्मतीको सातौँ अधिवेशनमा छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन हुने

वाग्मतीको सातौँ अधिवेशनमा छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन हुने

२३ चैत, मकवानपुर । वाग्मती प्रदेसभाको मंगलबार बस्ने सातौँ अधिवेशन बैठकमा सत्तारुढ दल नेकपा एमाले, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता बस्ने कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

उक्त बैठक कक्षको पहिलो लहरमा सत्तारुढ दल नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल र दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँलाई क्रमशः लहरै बस्ने कक्षमा कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैगरी उक्त बैठक कक्षको भित्र पश्चिमतर्फको स्थानमा विभिन्न साना दलहरुको नेता बस्ने लहरमा नामसहित समावेश गरिएको कुर्सी पनि राखिएको प्रदेशसभा सचिवालयका सचिव खड्काले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेताको रुपमा शालिकराम जम्मकट्टेल, उपनेतामा प्रदेशसभाका सदस्य कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ नियुक्ति भएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको पनि सो सचिवालयले जनाएको छ ।

प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भई आएको कार्यसूचीहरु बैठकमा प्रस्तुत हुने र राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयको प्रस्तावबारे पनि उक्त बैठकलाई जानकारी दिने व्यवस्था गरिएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले राससलाई बताए।

गत माघ ७ गते सातौँ अधिवेशन बैठक शुभारम्भ भई गत माघ ९ गते मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल भई सोही दिनको अपराह्नदेखि अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरिएको थियो । प्रदेशसभामा कूल ११० जना प्रदेशभाका सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इन्डोनेसियामा बेपत्ता ५३ सैनिकसहित नौसैनिक पनडुब्बीको खोजी तिब्र इन्डोनेसियामा बेपत्ता ५३ सैनिकसहित नौसैनिक पनडुब्बीको खोजी तिब्र २१ घण्टा पहिले
शेयरबजारमा निफ्रा, मेगा र एनसीसी बैंकको शेयरमा करिब १७ लाख बढी कित्ता माग, कुनको कति ? शेयरबजारमा निफ्रा, मेगा र एनसीसी बैंकको शेयरमा करिब १७ लाख बढी कित्ता माग, कुनको कति ? २० घण्टा पहिले
एमाले पार्टी कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ एमाले पार्टी कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ २३ घण्टा पहिले
आईपीएलः आज मुम्बई र पंजाप भिड्दै,कसको पल्ला भारी ? आईपीएलः आज मुम्बई र पंजाप भिड्दै,कसको पल्ला भारी ? ५ घण्टा पहिले
नेपाल आर्थिक सल्लाहकारसँग नेपाल आर्थिक सल्लाहकारसँग १९ घण्टा पहिले
चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु २३ घण्टा पहिले
बीमा कम्पनीहरुको सेवालाई निरन्तरता दिन बीमा समितिको निर्देशन, सजगता अपनाउन आग्रह बीमा कम्पनीहरुको सेवालाई निरन्तरता दिन बीमा समितिको निर्देशन, सजगता अपनाउन आग्रह १९ घण्टा पहिले
धरानमा संक्रमणबाट ४५ वर्षीय पुरुषको मृत्यु धरानमा संक्रमणबाट ४५ वर्षीय पुरुषको मृत्यु २३ घण्टा पहिले