शुक्रबार , बैसाख १०, २०७८

प्रतिकूल मौसमका कारण भरतपुरका सबै उडान अवरुद्ध

प्रतिकूल मौसमका कारण भरतपुरका सबै उडान अवरुद्ध

२३ चैत, भरतपुर । वायु प्रदूषणको प्रतिकूल मौसमका कारण आज चितवनको हवाइ उडान प्रभावित भएको छ । वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन् ।

भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौं र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिए । प्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो । यस अघि पनि वायु प्रदुषणकै कारणले पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय