आइपिएलमा सरप्राइज प्याकेज बन्न सक्ने ४ खेलाडी
नेपालबहस संवाददाता
चैत २३, २०७७ मंगलबार ३:५७:३३
२३ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग ‘आइपिएल’मा सरप्राइज प्याकेज बन्न सक्ने ४ खेलाडी बनेका छन् । याे अवसर खेलाडीलाई आफ्नो प्रतिभा देखाउने सबैभन्दा ठूलो र राम्रो समय हाे । आइपिएल २०२१ अप्रिल ९ देखि भारतमा सुरु हुँदैछ । सबै टोलीले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । आइपिएलमा धेरै नाम चलेका खेलाडी हुन्छन् ।
२०२१ मा केहि थोरै नाम चलेका खेलाडी छन् । जसमा कमैको ध्यान छ । तर तीनै खेलाडी टोलीको लागि भने महत्वपूर्ण बन्न सक्छन् । आइपिएल २०२१ मा सरप्राइज प्याकेज बन्न सक्ने ४ खेलाडी ।
१. मार्को जानसन ‘मुम्बई इन्डियन्स’
दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को जानसन मुम्बई इन्डियन्समा छन् । २० वर्षिय जानसनलाई अक्सनमा मुम्बईले २० लाख भारुमा अनुबन्ध गरेको थियो । ६ फिट ८ इन्च अग्ला मार्कोले सन २०१८ मा भारत दक्षिण अफ्रिका भ्रमणमा रहेका बेला जानसनले विराट कोहलीलाई नेटमा तीन पटक आउट गरेका थिए ।
जानसन १३७ देखि १४१।३ प्रतिघण्टाको तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । मुम्बईको टोलीमा तीव्र गतिका प्रमुख बलरमा जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट छन् । चार विदेशी कोटामा ट्रेन्ट बोल्ट, काइरन पोलार्ड, क्विन्टन डी ककको स्थान निश्चित जस्तै छ । चौथो खेलाडीमा न्युजिल्यान्डका अलराउन्डर जेम्स निशमको सम्भावना बढी देखिन्छ ।
निशमले प्रदर्शन अपेक्षा अनुसार नभएमा मार्कोले मौका पाउने सम्भावना देखिन्छ । मार्कोले तल्लोक्रममा राम्रो ब्याटिङ समेत गर्ने गर्दछन् । नाथन कुल्टर नाइल र निशमको प्रदर्शन टोलीको रणनीति अनुसार नभएमा भने मार्कोलाई मुम्बईले मौका दिन सक्ने सम्भावना देखिन्छ ।
मुम्बईले मार्कोलाई लिगको मध्य वा अन्त्य तिर मौका दिन सक्छ । मार्को देब्रे हाते बलर हुँदा रणनीतिमा अझ सहज हुन सक्छ । जुन अवस्थामा उनले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै मुम्बईको सरप्राइज प्याकेज बन्न सक्छन् ।
२. लुकमान मेरिवाला ‘दिल्ली क्यापिटल्स’
भारतीय २९ वर्षिय तीव्र गतिका बलर लुकमान मेरिवाला दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्दै छन् । भारतीय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका लुकमान मेरिवालालाई दिल्लीले २० लाख भारुमा अक्सनमा खरिद गरेको थियो । दिल्लीको भारतीय तीव्र गतिको बलिङ गतवर्ष निकै कमजोर थियो ।
दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्किया र कागिसो रबाडालाई तेस्रो भारतीय बलरले साथ दिने छन् । दिल्लीको पहिलो रोजाईमा उमेश यादव देखिन्छन् । उमेश यादवको प्रदर्शन कमजोर भएको खण्डमा दिल्लीसँग लुकमान राम्रो विकल्प हुन् ।
लुकमानले बरोडाबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । लुकमान राम्रो लयमा छन् । यस सिजनको शैद मुश्ताक अली ट्रफी टि२० क्रिकेटमा उच्च प्रदर्शन गरेका थिए । उनले ८ खेलमा १५ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा थिए । यस सिजनको आइपिएलमा दिल्लीको सरप्राइज प्याकेज बन्न सक्छन् ।
३.मोहम्मद अजहरुद्दीन ‘बंगलोर’
रोयल च्यालेन्जर्स बेंगलोरबाट २७ वर्षिय विकेटकिपर मोहम्मद अमहरुद्दीन आइपिएल खेल्दै छन् । बेंगलोरको टोलीबाट उनले ओपनिङ गर्ने सम्भावना छ । उनलाई बेंगलोरले २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
बेंगलोरको ओपनिङ विराट कोहली र देवदत्त पाडिक्कलले गर्ने छन् । तर पाडिक्कललाई कोरोना संक्रमण देखिएको छ । पाडिक्कल उपलब्ध हुन नसकेको खण्डमा बेंगलोरले अजहरुद्दीनलाई मौका दिने सम्भावना देखिन्छ । अर्कोतर्फ बेंगलोरले मध्यक्रममा पनि खेलाउन सक्छ ।
शैद मुश्ताक ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका अजहरुद्दीन सरप्राइज प्याकेज बन्न सक्छन् । उनले शैद मुश्ताकमा मुम्बईलाई ८ विकेटले हराउन केरलाबाट १ सय ३७ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । उनले मात्र ५४ बलमा ११ छक्का र ९ चौका सहित १ सय ३७ रनको अविजित इनिङ खेलेपछि १ सय ९७ रनको विजयी लक्ष्य केरलाले १५।५ ओभरमै पूरा गरेको थियो । प्रतियोगिता भर राम्रो प्रदर्शन गरेका उनको स्ट्राइकरेट १ सय ९५ रन थियो ।
४. वेन्कटेश ऐर ‘कोलकाता नाइट राइडर्स’
मध्य प्रदेशका २६ वर्षिय शीर्षक्रमका ब्याट्सम्यान वेन्कटेश ऐरलाई कोलकाताले अक्सनमा २० लाख भारुमा अनुबन्ध गरेको थियो । आइपिएलमा कोलकाताको ओपनिङ अस्थिर छ । कोलकाताले यस सिजनमा सुभमन गिलका साथ ऐरलाई गराउन सक्छ । जसमा ऐर कोलकाता सरप्राइज प्याकेज बन्न सक्छन् ।
उनले शैद मुश्ताकमा उत्कृष्ट प्रदर्शन गर्दै ५ खेलमा २ सय २७ रन बनाएका थिए । उनले सौराष्ट्रविरुद्ध ८८ र गोआविरुद्ध ८७ रनको अविजित इनिङ खेलेका थिए । ऐर ब्याटिङसँगै मध्यक्रममा बलिङ पनि गर्ने गर्दछन् । पार्टटाइमको राम्रो विकल्प हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार