शुक्रबार , बैसाख १०, २०७८

कर्णाली सरकारमा रहेका तीन मन्त्रीले आज राजीनामा दिने

कर्णाली सरकारमा रहेका तीन मन्त्रीले आज राजीनामा दिने

२४ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीले आज राजीनामा दिँदै छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आफ्ना तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार मंगलबार दिउँसो एक बजे बस्ने संसदीय दलको बैठक अगाडि एमालेबाट मन्त्री भएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीनामा दिन लागेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

 केन्द्रमा नेकपा विभाजित भएर एमाले तथा माओवादी केन्द्र ब्युतिएपछि कर्णालीको प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको छ । एमालेले समर्थन फिर्ता लिएपछि १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रको सरकार अल्पमतमा परेको छ ।

४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ । तर २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय