
२४ चैत, काठमाडौं । आज दिउँसो एक बजे बाग्मती प्रदेश सभाको बैठक बस्ने भएको छ । बैठकमा राष्ट्रिय सरोकारका विषयमा जानकारी गराईने संसद सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव पेश गरेपछि प्रदेश सभाको बैठक अहिले सम्म बस्न सकेको थिएन् । पटक–पटक बैठकको मिति तोकिए पनि स्थगित हुँदै आएको थियो ।
तर सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकता अस्वीकार गरेपछि दुबै दल अलग–अलग रुपमा सक्रीय भएका थिए । अहिले एमाले संसदीय दलको निर्देशनमा एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिइसकेका छन् ।
प्रतिक्रिया