बाग्लुङका दुई रणनीतिक सडकको शुभारम्भ
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १७:४७:२०
२४ चैत,गलकोट । देशभर एक साथ निर्माण शुरु भएको १६५ रणनीतिक सडक सञ्जालमध्ये बाग्लुङका दुई सडक छनोट भएका छन् । एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक सञ्जाल निर्माण गर्ने नेपाल सरकारको योजनाअनुसार बाग्लुङमा दुई वटा सडक निर्माणको शुभारम्भ भएको छ । ती सडक शुभारम्भ भई बजेट विनियोजन भइसकेपछि यहाँका स्थानीय उत्साहित भएका छन् । बाग्लुङको निर्वाचन क्षेत्र नं १ अन्तर्गत अदालत चौपारी–सिगाना चापखर्क–गाजाको दह–बरेङ –शान्तिपुर सडक र निर्वाचन क्षेत्र नं २ अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी–रणसिङकिटेनी– भिमगिठे– दर्लिङ हुँदै निसिखोला सडक छनोट भएको छ । सो आयोजनाका लागि रु ४०÷४० करोड बजेट विनियोजन भएको बाग्लुङ क्षेत्र नम्बर एकका सांसद डा सूर्य पाठकले जानकारी दिए ।
सडक छनोट भएर बजेट विनियोजन भएपछि लामो समय टुक्रे बजेटका कारण सुधार हुन समस्यामा परेको अदालत चौपारी–सिगाना चापखर्क–गाजाको दह–बरेङ–शान्तिपुर सडक केही वर्षमा कालोपत्रे हुँने भएपछि यहाँका जनता खुशी भएको बाग्लुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए। “निर्वाचित भएपछि पहिलोपटक यही सडक निर्माण गर्नमा लाग्यौँ, जस्का लागि डिपिआर बनाएर पेश गरेका थियौँ”, वडाध्यक्ष जिसीले भने, “हाम्रो वर्षौं पछिको मेहनत साकार हुँदै गएको छ, बाग्लुङ नगरपालिका, बरेङ गाउँपालिका र जैमिनी नगरपालिका समेटिएको सबैभन्दा छोटो सडक भएकाले जनतालाई निकै सहज हुनेछ ।” जिसीका अनुसार उक्त सडक झण्डै ३३ किलोमिटर लामो हुनेछ ।
यसैगरी बाग्लुङ क्षेत्र नं २ अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी–रणसिङकिटेनी–भिमगिठे–दर्लिङ हुँदै निसिखोला सडक योजना छनोट गरिएको छ । बाग्लुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिका हुँदै निसीखोला गाउँपालिका जोड्न सहज हुने बाग्लुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले जानकारी दिए । यो सडक झण्डै ४० किलोमिटर लामो रहेको छ । “बाग्लुङको बीच भागमा रहेको गलकोट नगरपालिकालाई बडिगाड हुँदै दुर्गम निसीखोला जोड्ने सडक हो यो”, पौडेलले भने, “मध्यपहाडी लोकमार्गबाट शुरु भएको उक्त सडक दुर्गमलाई जोड्दै पुनः निसीखोलामा गएर लोकमार्गमै मिसिने भएका कारण विकासमा निकै फड्को मार्न सहज हुनेछ ।”
हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकलाई छनोट गरी सरकारले एकैसाथ उक्त सडकको निर्माण शुभारम्भ गरेको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डमा सङ्घीय राजधानी, प्रादेशिक राजधानीे, अन्तर्राष्ट्रिय विमानस्थल÷सिमाना, दुई निर्वाचन क्षेत्रका प्रमुखस्थल तथा दुई जिल्ला र पालिका जोड्ने विषयका आधारमा सममावेश भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार