ट्राफिक सचेतनासंगै सवारी दुर्घटनामा कमी
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १७:५६:२१
२४ चैत,पर्वत । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान सञ्चालन भएसँगै पर्वतमा सवारी दुर्घटनाका घटनामा कमी आएको छ । सवारी दुर्घटना घटेसँगै वार्षिक मृत्यु हुनेको सङ्ख्या घट्दै जान थालेको छ । दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचमा कडाइ र कारवाहीको प्रक्रिया अघि बढाएसँंगै दुर्घटना पनि कम हुँदै गएको हो । जिल्लामा आव २०७४/७५ मा छ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्युका साथै ४६ घाइते भएका थिए । यसैगरी आव २०७५/७६ मा १५ वटा सवारी साधन दुर्घटनामा १५ जनाको मृत्यु र ७४ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आव २०७६/७७ मा १८ सवारी दुर्घटनामा सात जनाको मृत्यु र १६ जना घाइते भएका छन् । गत वर्ष १८ सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएको भए पनि यो आवमा १२ सवारी दुर्घटनामा छ जनाले मात्र ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा ठूला सवारी साधनभन्दा पनि साना सवारी साधन बढी दुर्घटना हुने गरेको प्रहरीले बताएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटनामा पनि कमी आउन थालेको छ ।
हालसम्मको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या केही बढी छ । पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले वर्षौं लगाउँदा केही दुर्घटना भएको निमित्त ट्राफिक प्रहरी प्रमुख रेशम थापाले बताए । ट्राफिक नियम उल्लङ्घन, मादकपदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उनको भनाइ छ ।
जिल्लामा भएका सवारी दुर्घटनामा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ । थापाका अनुसार २०७४ देखि २०७७ सम्म ४६ वटा सवारी साधन दुर्घटना भएका छन् । जसमा तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, यान्त्रिक गडवडी, ब्रेकफेल, स्टेरिङ फेल, यात्रुको गल्ती, सडक चौपाया र सडकको अवस्थाले गर्दा सवारी दुर्घटना भएको छ ।
पर्वतमा मापसे गरी सवारी साधन हाँक्दा कारवाही हुनेको सङ्ख्या पनि कम हुदै गएको छ । आव २०७५/०७६ मा ६० र आव २०७६/७७ मा २९ जना कारवाहीमा परेका छन् । उनीहरुलाई कारवाही गर्दा रु ८९ हजार बढी राजस्व सङ्कलन भएको छ । लकडाउनभन्दा पहिले दिनमा ट्राफिक जाँचमा कडाइ गर्ने प्रहरीले रातमा मापसे जाँचलाई निरन्तरता दिँदा मापसे गरी सवारी साधन हाँक्नेमा पनि उल्लेख्य कमी आएको उनले बताए ।
यसैबीच ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको साउनयता नौ महिनामा रु २६ लाख ३८ हजार ८०० राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियमविपरीत चलेका चार हजार १५० सवारी साधनलाई कारवाही गर्दा सो राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी प्रहरी कार्यलय पर्वतले जनाएको छ । सबैभन्दा बढी एक हजार ८७० जीप तथा कार कारवाहीमा परेका छन् जसबाट रु ११ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ ।
त्यसैगरी ३९० बस कारवाहीमा पर्दा रु दुई लाख ३० हजार ५०० सङकलन भएको छ । रु चार लाख ७० हजार ५०० ट्रकबाट, ६०९ ट्याक्टरबाट रु तीन लाख ६९ हजार, ५५० मोटरसाइकल कारवाही गर्दा रु चार लाख ३० हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार