शुक्रबार , बैसाख १०, २०७८

सरकार अब कहिल्यैपनि लकडाउनमा जादैन : स्वास्थ्यमन्त्री

सरकार अब कहिल्यैपनि लकडाउनमा जादैन : स्वास्थ्यमन्त्री

२४ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार अब कहिल्यैपनि लकडाउनमा नजाने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका हुन् ।

लकडाउनले सामाजिक जनजीवन प्रभावित पार्ने र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार त्यसको पक्षमा नरहेको मन्त्री त्रिपाठीले भनेका छन् । त्यस्तै छिमेकी मुलुकमा कोभिड – १९ को नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण शुरु गरेको उनले बताए । अहिले सीमा नाकामा धमाधम आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको हुँदा नडराउन पनि उनले आग्रह गरेका छन् ।

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको मन्त्री त्रिपाठीले बताए । नेपाललाई चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबार बाट शुरु हुने पनि त्रिपाठीले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बागलुङका स्वास्थ्यकर्मीले अझै पाएनन् जोखिम भत्ता बागलुङका स्वास्थ्यकर्मीले अझै पाएनन् जोखिम भत्ता १४ घण्टा पहिले
इन्डोनेसियामा बेपत्ता ५३ सैनिकसहित नौसैनिक पनडुब्बीको खोजी तिब्र इन्डोनेसियामा बेपत्ता ५३ सैनिकसहित नौसैनिक पनडुब्बीको खोजी तिब्र १२ घण्टा पहिले
पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन महासंघकाे आग्रह पत्रकारलाई कोभिडका समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन महासंघकाे आग्रह ७ घण्टा पहिले
नक्कली धन्दा: दुई घण्टामै घरमा पीसीआर रिपोर्ट डेलिभरि नक्कली धन्दा: दुई घण्टामै घरमा पीसीआर रिपोर्ट डेलिभरि २२ घण्टा पहिले
दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि, प्रतिशेयरमूल्य कति ? दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि, प्रतिशेयरमूल्य कति ? १५ घण्टा पहिले
पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रमको उद्घाटन पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रमको उद्घाटन १६ घण्टा पहिले
सन्दीपकाे १०० औं टी-ट्वान्टी खेलको आँकडा पूरा सन्दीपकाे १०० औं टी-ट्वान्टी खेलको आँकडा पूरा १३ घण्टा पहिले
नेपाल सुपरलिगको मेडिकल पार्टनरमा नर्भिक अस्पताल अनुबन्धित नेपाल सुपरलिगको मेडिकल पार्टनरमा नर्भिक अस्पताल अनुबन्धित १६ घण्टा पहिले