माथिलो चाकु जलविद्युत् आयोजना सम्पन्न
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १९:४:३९
२४ चैत,चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् मङ्गलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र एक सातापछि व्यापारिक उत्पादन शुरु गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिए । प्रतिमेगावाट रु २२ करोड लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर तीन दशमलव पाँचदेखि चार मेगावाट विद्युत् उत्पादन भएको छ ।
नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाको हेड ८१५ मिटर रहेको छ । फुल्पींकट्टीको चन्द्रपुमा बाँध बाँधी मामिंङको याङले फाँटमा विद्युत् गृह निर्माण भएको आयोजनाको सुरुङमार्ग तीन हजार ३०० मिटर रहेको छ । अरनिको राजमार्गको १०० किलोमिटरमा पर्ने मार्मिङको चाकु बजारबाट ३० किलोमिटर पहुँच मार्ग निर्मण गरी आयोजनास्थलदेखि २२ किलोमिटर लामो प्रसारण लाइन मार्फत लामोसाधुस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विसं २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र पटकपटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ । उक्त कम्पनीद्वारा निर्माण भइरहेको ३६ मेगावाटका अप्पर बलेफी आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक कसजुले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्नाकोटका सयौँ नागरिक घण्टौको यात्रा गरेर पानी बोक्न बाध्य
बैशाख ५, २०८१ बुधबार
उद्घाटनमा तामझाम, आधा वर्ष वित्यो आएन पानी
चैत ३०, २०८० शुक्रबार
ब्रेक थ्रु भयो मंगले राहुघाटको १९०० मिटर लामो सुरुङ, लागत १४ अर्ब
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार