पोखरामा मेगा बैंकको क्यूआर कोडबाट कारोबार सुरु
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १९:१५:३६
२४ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पोखराका व्यवसायीहरुको पसलमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरुबाट सामान खरिद गरेसँगै क्यूआर कोडबाट भुक्तानी गरी क्यूआर कोड सेवाको शुभारम्भ भएको छ ।
सो अवसरमा नेपाल राष्ट्र बंैक पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, सहायक निर्देशक धनञ्जय पराजुली, मेगा बैंक नेपाल लिमिटेडका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, प्रदेश कार्यालयका बजार विभाग प्रमुख लेखनाथ गौतम, नायब प्रदेश प्रमुख राजेन्द्र कोइरालाको उपस्थिति थियो ।
यो व्यवस्थासँगै पोखराका उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन । नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको बिस्तारलाई तीव्रता दिइरहेको छ ।
क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित बैकिङ्ग सेवा संचालन गर्दै आएको मेगा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई डिजिटल माध्यमबाट पूर्णरुपमा सुरक्षित कारोवारको सुविधा प्रदान गर्ने उद्देश्यले भिडियो अकाउन्ट ओपनिङ्ग, वीच्याट–पे, च्याटबट जस्ता प्रविधिमा आधारित सेवालाई महत्व दिई संचालनमा ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार