बुधबार , बैसाख ८, २०७८

धुम्बाराही तरकारी फलफूल बिक्री केन्द्रमा पनि क्युआरबाट भुक्तानी, नबिल बैंकले गर्यो सुरुवात

धुम्बाराही तरकारी फलफूल बिक्री केन्द्रमा पनि क्युआरबाट भुक्तानी, नबिल बैंकले गर्यो सुरुवात

२४ चैत, काठमाडौं । नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ।

मंगलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अब धुम्बराही तरकारी तथा फलफूल केन्दमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन्।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू र धुम्बराही तरकारी तथा फलफूल केन्द्रका कार्यकारी सदस्यहरु एवं बिक्री केन्द्रका व्यवसायीहरुको उपस्थिति थियो।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।
अहिले बैंकको साथमा देशभर ३ हजार भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन् ।

कार्यक्रममा कार्यकारी निर्देशक कडेलले भने, ‘ विगतका दिनहरूमा भुक्तानीका लागि त्तच् कोडहरूको प्रयोग बजारमा उल्लेखनीय रूपमा वृद्धि भएको छ । यसकाे लागि नबिल बैंक जस्तो वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि सक्षम पार्न डिजिटल भुक्तानी सक्षम गर्न सक्रिय भूमिका खेलिहेका छन् ।’

यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नया“पन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए ।

उनले भने, ‘नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ । क्यूआर मार्फत डिजिटल भुक्तानीलाई प्रबर्द्धन गर्ने उद्देश्यको साथ, नबिल बैंकले देशभर त्तच् भुक्तान सेवाको पहु“च विस्तार गर्न एक मिशन शुरू गरेको छ ।’

नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । नयाँ प्रविधि अपनाउने र नवीन प्रडक्टका साथै सेवाहरु सुरु गर्ने काममा नबिल सधैं नै अगाडि रहेको छ । नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पुराइरहेको छ ।

बैंकले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गर्दैछ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कर्णालीमा संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई कर्णालीमा संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई १५ घण्टा पहिले
कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, २४ जना घाइते कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, २४ जना घाइते ९ घण्टा पहिले
सुरक्षा मापदण्ड पालना नगरे सिडिओ कार्यालयले कारबाही गर्ने सुरक्षा मापदण्ड पालना नगरे सिडिओ कार्यालयले कारबाही गर्ने ८ घण्टा पहिले
राष्ट्रपति भण्डारीद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन राष्ट्रपति भण्डारीद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन ३ घण्टा पहिले
महालक्ष्मीको विकास बैंकले गर्यो ४० करोड ३६ लाख मुनाफा, प्रतिशेयर आम्दानी कति ? महालक्ष्मीको विकास बैंकले गर्यो ४० करोड ३६ लाख मुनाफा, प्रतिशेयर आम्दानी कति ? १४ घण्टा पहिले
टी–ट्वान्टी सिरिज : कुशल भुर्तेलले बनाए अर्धशतक टी–ट्वान्टी सिरिज : कुशल भुर्तेलले बनाए अर्धशतक ११ घण्टा पहिले
साधना लघुवित्तको बोनस शेयर सूचीकृत साधना लघुवित्तको बोनस शेयर सूचीकृत १० घण्टा पहिले
जेठ अन्तिम सातामा दैनिक ११ हजार संक्रमित फेलापर्ने मन्त्रालयको प्रक्षेपण जेठ अन्तिम सातामा दैनिक ११ हजार संक्रमित फेलापर्ने मन्त्रालयको प्रक्षेपण ७ घण्टा पहिले