शुक्रबार , बैसाख १०, २०७८

कर्णालीका तीन मन्त्रीले दिए राजीनामा

कर्णालीका तीन मन्त्रीले दिए राजीनामा

२४ चैत, सुर्खेत । मंगलबार कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले संयुक्तरुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् ।

आइतबार संसदीय दलको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । पार्टी निर्देशन अनुसार आज तीनै जनाले राजीनामा दिएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्त्रीहरुले  सोमबार नै राजीनामा दिने भनिएपनि मंगलबार राजीनामा दिएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् । त्यसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण अहिले कर्णाली प्रदेशसभामा ३९ सांसद रहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय