शहीद रङ्गशालामा ‘फ्लड लाइट’ सञ्चालन
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार २०:७:२४
२४ चैत,मोरङ । शहीद रङ्गशालामा फ्लड लाइट सञ्चालनभएपछि विराटनगरवासीको वर्षौंदेखिको रात्रिकालीन खेलकूद हेर्ने चाहना पूरा भएको छ। काठमाडौंको दशरथ रङ्गशालापछि विराटनगरमा यो दोस्रो फ्लड लाइट हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको सोमबार साँझ उद्घाटन गर्दै तीन वर्षअगाडि सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार आफ्नो काम पूरा गरेको छ भने मुख्यमन्त्री राईले फ्लड लाइट सञ्चालनबाट यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन सहज हुनेछ भने ।
सामाजिक विकासमन्त्री उषाकला राईले खेलकूदको माध्यमबाट समाजमा अनुशासन कायम गरी मानव सभ्यताको विकास गर्ने धारणा राखिन् । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले प्रदेश सरकारको रु पाँच करोड ४२ लाख लगानीमा फ्लड लाइट जडान गरिएको जानकारी दिए ।
विसं २०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार वटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी रु चार करोड २९ लाखमा विसं २०७७ वैशाख २५ गते सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो ।
कोरोना सङ्क्रमण रोक्न नेपाल र भारतको सीमा बन्द, अन्य आवश्यक सामग्री जडान, प्याराफिट मर्मतलगायतका कारण प्रदेश सरकारले समय सीमा थप गर्नुका साथै रु ८४ लाख थपेको सचिव कार्कीले बताए । बन्दाबन्दीको कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको अमर जेभीले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयघातका कारण गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
चैत ३०, २०८० शुक्रबार
नयाँ वर्षमा धनगढी हाफ म्याराथन प्रतियोगिता हुने
चैत २८, २०८० बुधबार
गोपीचन्द्र पार्की शुक्रबार लन्डन जाने
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
बैशाख ८, २०८१ शनिबार