चौँरी देउरालीमा राष्ट्रिय परिचयपत्र अभियान
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार २०:११:२
२४ चैत,बनेपा । जिल्लाको विभिन्न स्थानीय तहमा अभियानकै रुपमा सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्रको फारम भर्ने क्रममा जिल्लाको कोशीपारि क्षेत्रमा सो अभियान सञ्चालन हुने भएको छ ।
काभ्रेको चौँरी देउराली गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनसम्बन्धी कार्यका लागि स्थानीय तहसँग समन्वय र सहकार्य थालनी गरिएको छ । यसको लागि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित जिल्लाका सुरक्षा प्रमुखसहितका टोली पुगेका छन् । राष्ट्रिय परिचयपत्र र यसको महत्वका बारेमा प्रजिअ पोखरेलले सहजीकरण गरेका थिए । उनले सुशासन र पारदर्शीको लागि सरकारले राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएको कारण अभियानमा सहभागिताको आम नागरिकलाई आग्रह गरे ।
चौँरी देउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले राज्यले नयाँ खालको विधिमार्फत जनतासँग जोड्न खोजेको बताउँदै निर्धारित समयभित्र कार्य सम्पन्न गर्न कर्मचारीलाई आग्रह गरे । “अहिले सञ्चालन हुने अभियानमा कर्मचारी संवेदनशील र तदारुकता भएर काम गर्न आवश्यक छ ।” उनले भने, “राज्यले नयाँ खालको विधिलाई अगाडि सारेकोले त्यसमा सहभागिता जनाएर अयिभान सफल बनाउन लाग्नु सबैको दायित्व हो ।”
सो क्षेत्रमा अब छिट्टै राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्ने काम शुरु गर्ने जनाएको छ । यसको लागि तयारीका क्रममा भएको छलफलमा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौलागाईं, जिल्ला समन्वय अधिकारी केशव रिजाल, जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी महेश केसी, जिल्ला सरकारी कार्यालयका वकिल चन्द्रकुमार पोखरेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, सबै वडाका वडा अध्यक्षको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार