शुक्रबार , बैसाख १०, २०७८

सत्य घटनामा आधारित नाटक ‘योगमाया’ (फोटोफिचर)

सत्य घटनामा आधारित नाटक ‘योगमाया’ (फोटोफिचर)

२४ चैत, मोरङ । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटक घरमा भरत गुरागाँई ‘बर्बरिक’द्वारा लेखिएको नाटक प्रस्तुत गरिएको छ ।

प्रदीप सरदारको निर्देशनमा तयार गरिएको सत्यघट्नामा आधारित ‘योगमाया’ नाटकको सोमबार मञ्चार गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

को हुन् त योगमाया ?

योगमाया भोजपुर जिल्लाको मजघा सिम्लेका न्यौपाने परिवारकी छोरी हुन् । योगमाया (१९१७–१९९७) एक समाज सुधारक महिलाको रुपमा स्थापित नाम हो ।

yogmaya 2

विवाह पश्चात घर परिवारको बुहार्तन र छोरी मात्र जन्माएको निहुमा कुटाइ खाएर पीडित भएकी योगमाया तत्कालीन समाजबाट पनि लाञ्छित तथा तिरस्कृत भएकी थिइन् । समाजको सो लाञ्छना र तिरस्कार सहन नसकी उनी योग साधनामा संलग्न भएको र सो क्रममा उनले निकै वर्ष तपस्या गरेको आधारप्रमाणहरु भेटिएका छन् ।

yogmaya

योग साधना र तपश्चर्याबाट सिद्धि प्राप्त गरेपछि उनी योगीका रूपमा परिचित भएकी थिइन् । योगीका रुपमा परिचय बनाएसँगै उनका अनुयायीहरू धेरै भए । त्यसबेलाका पीडित महिलाहरूको ठुलो जमातले उनलाई साथ दिएको थियो । त्यस पछि उनले बुहारीलाई नीच नोकरको व्यवहार गर्ने तत्कालीन समाजका विरुद्ध कडा आवाज उठाएकी थिइन् ।

yogmaya 1

आधुनिक इतिहासकार ज्ञानमणि नेपालका अनुसार तत्कालीन राणा सरकारको कानुन र समाजको अत्याचार सहन नसकी ६७ जना आफ्ना अनुयायीका साथ सामाजिक रूपान्तरण र धर्मराज्यको स्थापनाका लागि उनले अरुण नदीमा सामुहिक देह त्याग गरेकी थिइन् । उनलाई शक्ति माताका रूपमा पनि लिने गरेको पाइन्छ ।

yogmaya 3

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय