शुक्रबार , बैसाख १०, २०७८

नेपालसहित पाँच राष्ट्रलाई आईसीसीको रिजनल अवार्ड

नेपालसहित पाँच राष्ट्रलाई आईसीसीको रिजनल अवार्ड

२४ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आईसीसी’ को रिजनल अवार्ड पाएको छ । कोभिड(१९ को समयमा पनि क्रिकेट विकासका लागि पहल गरेको भन्दै आईसीसीले नेपालसहित पाँच राष्ट्रलाई अवार्ड दिएको हो ।

नेपालसँगै नामिविया, अर्जेन्टिना, भानुआतु र इटलीले आईसीसीले डिभलपमेन्ट इनिसएयटिभ अफ दि इयरको अवार्ड पाएका हुन् । नेपालले एसिया क्षेत्रबाट अवार्ड पाएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोभिड-१९ को महामारीको समयमा पनि क्यानले घरेलु प्रतियोगितामा महिलातर्फ दुई हजार र पुरुषतर्फ एक हजार ९०० खेलाडीलाई खेलमा समावेश गरेको भन्दै आईसीसीले सम्मान गरेको जनाएको छ ।

यस्तै क्यानले ब्रोडकास्टिङ र स्पोनसर पनि घरेलु प्रतियोगितामा राखेको आईसीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय