६ वटा उपसुचक घटेको दिन नेप्से हालसम्मकै उच्च बिन्दुमा
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार २३:४७:३
२४ चैत, काठमाडौं । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लाग्दै नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेर बन्द भएको छ ।
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा पुगेको छ ।
बैंकिङ ०.५९, व्यापार ४३२.२५, वित्त ३.३६, निर्जीवन बीमा २८७.७६, अन्य ३.९, जीवन बीमा १९१.४२ अङ्कले ओरालो लागेको छ । होटल तथा पर्यटन २०५.७९, विकास बैंक २९.९७, जलविद्युत् ११४.०५, उत्पादन १८३.९१, लघुवित्त ६४.१९, सामूहिक लगानी कोष ०.०२ र लगानी २.७२ बिन्दुले उकालो लागेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४ बिन्दुले बढेर ४७६.१८ मा पुगेको छ । कूल २१३ कम्पनीको एक करोड ६१ लाख आठ हजार ४९९ कित्ता शेयर रु सात अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ मूल्यमा खरिद बिक्री भए ।
मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण झण्डै रु ३७ खर्बको नजिक पुगेको छ । नेप्सेका अनुसार रु ३६ खर्ब ९४ अर्ब ४२ करोड ७९ लाख ३० हजार हाराहारीमा बजार पूँजीकरण पुगेको छ ।
कारोवारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३९ करोड ८० लाख ५७ हजार २३६ बराबरको कारोवार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनी रु ३१ करोड १० लाख ६३ हजार ९५५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २९ करोड २० लाख ६० हजार ८३, हिमालयन डिस्टिलरी रु २२ करोड १८ लाख ३७ हजार ६४३, हिमालयन जनरल इन्स्योरेन्स रु २१ करोड २८ लाख ६१ हजार ८४२, नेपाल बैंक रु १७ करोड ६८ लाख ९५ हजार ८९०, अजोड इन्स्योरेन्स कम्पनी रु १६ करोड ६१ लाख ३७ हजार ४८६, बुटवल पावर कम्पनी रु १६ करोड दुई लाख ७३ हजार ७६७, नेपाल दूरसञ्चार कम्पनी रु १५ करोड २९ लाख ९९ हजार ९३ र रसुवागढी हाइड्रोपावर रु १४ करोड ७८ लाख ७२ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै कारोवारका आधारमा चिलिमे जलविद्युत् कम्पनी, युनिभर्सल पावर युनाइटेड इदी मर्दी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको शेयरमा आज सकारात्मक सर्किट लाग्यो । ती कम्पनीका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । यसैगरी बोमी माइक्रोफाइनान्स ९.९५, एनआइसि एशिया लघुवित्त ९.९३, महिला लघुवित्त ९.९३, साञ्जेन जलविद्युत् कम्पनी ९.८९, शिवश्री हाइड्रोपावर ९.८१ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.८७ प्रतिशतले आर्जन गरे ।
यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाउँदा सानिमा जनरल इन्स्योरेन्स ८.७८, अजोड इन्स्योरेन्स ८.७२, युनाइटेड फाइनान्स ५.९६, जनरल इन्स्योरेन्स ५.१३, आइएमई जनरल इन्स्योरेन्स ४.३९, श्री इन्भेस्टमेन्ट ३.०९, प्रुडेन्सियल इन्स्योरेन्स २.९९, युनाइटेड इन्स्योरेन्स २.९४ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.९१ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगोले बस्ती नै सखाप, ११० घर जले
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार